गायकसंग विवाह गर्दै प्रियंका

193

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा तथा हलिउड गायक निक जोनस थप नजिकिएका छन् । प्रेम अस्वीकार गर्दै आए पनि यो जोडी अहिले गहिरो सम्बन्धमा रहेको सार्वजनिक भैसकेको छ । ताजा खबरअनुसार प्रियंका र निक चाँडै इन्गेजमेन्ट गर्ने तयारीमा छन् । प्रियंकाले केही दिनअघि मात्र प्रेमी निकलाई भारतमा रहेका परिवारसँग भेटघाट गराएकी छिन् । त्यति मात्र होइन, उनीहरू भारतका अर्बपती मुकेश अम्बानीका छोरा आकाश अम्बानीको प्रि–इन्गेजमेन्ट पार्टीमा सँगै सहभागी भए, जहाँ प्रियंका र निकले शाहरूख खानको जोडी, अनुष्का शर्मा आदि कलाकारलाई समेत छायाँमा पारे ।

पार्टीको भोलिपल्टै प्रियंका र निक अमेरिका फर्किइसकेका छन् । अमेरिकाका विभिन्न ठाउँमा डेटिङमा रमाएको तस्बिर बाहिरिएसँगै यो जोडीको प्रेम रहस्य बाहिरिएको थियो । बलिउड हंगामा अनलाइनले आगामी जुलाई–अगस्टमा उनीहरूले विवाह गर्ने दाबी गरेको छ ।

जततउस्ररदष्त।थिरद्दव्छदख्ज्य