कांग्रेस पार्टीमा आन्तरिक किचलो हुदाँ अन्य दललाई फइदा

123

असार २३,
काठमाडौं । देशको पुरानो दल नेपाली कांग्रेस पार्टीमा देखिएको किचलो भातृ संगठनमा पनि देखिएको छ । यसलाई समाधान गर्ने तर्फ पार्टीका नेताहरुको ध्यान जानुको सट्टा आफु निकटलाई भटाभट केन्द्र र जिल्ला तिर मनोनित गर्ने कार्य रोकिएको छैन् । केही जिल्लामा त एउटै संगठनमा तीन तीनजना सभापति हु भन्दै हिड्ने गरेका समेत छ । यसको पछिल्लो उदाहरण नेविसंघ भक्तपुरभित्रको आन्तरिक द्धन्द्धलाई लिन सकिन्छ । तरुणदल, नेविसंघ, महिला संघ जस्त शक्तिसाली संगठनमा आफ्नो पकड जमाउने उद्देश्यमा पार्टी समभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द पौड्ल, नेता कृष्ण सिटौला लागी परेका छन् । एक महिला अगाडी सम्पन्न भएको नेपाल ट्रेड युनियन कांगे्रसको महाधिवेशनमा देउवापक्षले नराम्रोसंग हार व्यवहोरी सकेको छ । केहि समययता केहि मत्थर कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघभित्रको विवाद फेरि सतहमा आएको छ । पदाधिकारी तथा केन्द्रीय सदःय पदमा अध्यक्षले एकलौटी ढंगले मनोनयन गरेको भन्दै महामन्त्री कुन्दनराज काफ्ले समूहले आपत्ति जनाउएसँगै विवाद सतहमा आएको हो । अध्यक्ष नैनसिंह महरले पदाधिकारी तथा केन्द्रीय सदःयमा मनोनयन गर्दा एकलौटी ढंगले गरेको असन्तुष्ट पक्षको आरोप छ । अध्यक्ष नैनसिंह महरले उपाध्यक्षमा नीलकण्ठ रिजाल र कृष्ण बःनेतलाई मनोनयन गरेका छन् भने सहमहामन्त्रीमा महेश्वरी कुँवर र बद्री मुडभरीलाई मनोनयन गर्दा अन्य पदमा पनि एकलौटी ढंगले मनोनयन गर्ने काम भएको काफ्लेसहितका असन्तुष्ट समूहको आरोप छ । पार्टीभित्रको किचलोलाई समधान गर्न असक्षम देखिएका नेताहरुले भातृ संगठन समेत ध्वस्त बनाउदा अन्य विपक्षीलाई फाइदा पुग्ने देखिन्छ । पार्टी सभापति देउवाको केही गलत निर्णय र तत्कालिन नेकपा एमाले र माओवादीको गठबन्धनले गर्दा तीनै तहको निर्वाचनमा कांग्रेस नराम्रोसंग पछारी सकेको छ ।