केपी ओलीलाई जेलमा कांग्रेसीले हेप्थे

130

-नयाँ पत्रिका देनिक,
गणेश तिमिल्सिना,राष्ट्रिय सभा अध्यक्षसंगको कुराकानी
काठमाडौं । देशमा रोग, भोक, शोक, विभेद र असमानता व्याप्त थियो । निर्दलीय पञ्चायती व्यवस्थाअन्तर्गत राजाको प्रत्यक्ष शासन थियो । देशवासी नेपाली जनता राजाका ‘रैती’ थिए । तिनलाई आफूखुसी पढ्ने, लेख्ने र बोल्ने स्वतन्त्रता थिएन । आफूलाई अन्याय परेको कुरासमेत बोल्न पाउँदैनथे । यो कठोर दमनकारी निरंकुश शासनविरुद्ध ०३६ सालमा विद्यार्थीले बृहत् आन्दोलन सुरु गरे । त्यही आन्दोलनबाट राजनीतिमा होमिए हालका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना । लक्ष्य थियो– निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य गर्ने ।

राजतन्त्रको अन्त्य गरी स्वतन्त्रता र बहुदलीय प्रजातन्त्रसहितको समतामूलक शासन व्यवस्थाको स्थापना गर्ने । अझ त्यसभन्दा पर साम्यवादमा पुग्ने लक्ष्यसहितको समाजवादको स्थापना गर्ने । चुनौती थियो– भूमिगतमै राजनीतिक दल तथा संगठनमा आमनेपालीलाई संगठित गर्दै लैजानु । पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलनमा सक्रिय हुँदै गर्दा भोलि आफू कहाँ पुग्छु भन्ने उनले कहिल्यै सोचेनन् । राजनीतिक भविष्य वा पदमा आसिन हुने कुरा उनको मनमै उब्जिएन । न त उनले कुनै सपना नै देखेका थिए, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय सभाको पहिलो अध्यक्षजस्तो गरिमामय पदमा पुगौँला भन्ने ।

बमकाण्ड र गिरफ्तारी
०४२ सालको कुरा हो । कांग्रेसले पञ्चायतविरुद्ध सत्याग्रहको आन्दोलन गरिरहेको थियो । आन्दोलनकारी कांग्रेसका नेतालाई गिरफ्तार गर्ने र थुन्ने क्रम चलिरहेको थियो । त्यसताका म पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सचिव थिएँ । यसैबीच रामराजाप्रसाद सिंहको नेतृत्वमा राजतन्त्र र पञ्चायतविरुद्ध राष्ट्रिय पञ्चायतलगायत देशका विभिन्न स्थानमा बम विस्फोट भयो । विस्फोटमा संलग्न भएको आरोप लगाउँदै स्ववियु सदस्य हितकाजी गुरुङलाई गिरफ्तार ग(यो । त्यसवेलाका स्ववियु सभापति खगराज अधिकारी बाहिर थिए । गुरुङलाई छुटाउन आफूमाथि पक्राउ आदेश भए पनि अधिकारी क्याम्पस प्रमुखलाई लिएर अञ्चलाधीशकहाँ पुगेँ ।

छुट्टै सिख राज्यको माग गर्दै भारतमा भइरहेको सिख आन्दोलनसँग विद्यार्थी आन्दोलनलाई तुलना गर्दै बमकाण्डमा विद्यार्थी नै दोषी रहेको अञ्चलाधीशले बताए । तर, आफूहरूको संलग्नता अस्वीकार गरेपछि अञ्चलाधीशले गुरुङलाई छाडिदिए । चार दिनपछि पुनः क्याम्पस प्रमुख तथा स्ववियु सदस्य गुरुङलाई पक्राउ गरियो । फेरि पनि साथीलाई छुटाउन जाँदा मलाई प्रहरीले गिरफ्तार ग¥यो । केही दिन हिरासतमा राखेपछि गुरुङसहित पोखरा जेलमा लग्यो । शान्तिसुरक्षा ऐनको धाराअन्तर्गत मुद्दा लगाएर चार वर्ष जेलमा राखियो ।

ओलीसँग ६ महिना जेल बसेँ
म र गुरुङलाई लगेकै जेलमा तत्कालीन नेकपा एमालेका नेता केपी शर्मा ओलीलाई राखिएको थियो । त्यसताका जेलमा अधिकांश कांग्रेसका नेता थिए । पोखरा जेलमा केपी ओलीले हामीलाई स्वागत गर्नुभयो । कांग्रेसका नेताहरूबाट केपी ओली हेपाइ९डोमिनेसन०मा थिए । कांग्रेसका राजबन्दीले उहाँलाई हेप्ने किसिमका व्यवहार गर्थे । कांग्रेसका नेताहरूबीच कुरा हुन्थ्यो । उनीहरूलाई भेट्न अनेक मानिस आउँथे । तर, केपीसँग मिल्ने, गफ गर्ने र भेट्ने कमै हुन्थे, जसले उनलाई न्यास्रो पनि लागेको हुनुपर्छ । मलगायका नेताको पोखरा जेल आगमनले केपीलाई पनि जेलमा साथीभाइ मिल्यो । केपी १२ वर्षअघिदेखि जेलमा थिए ।