Tuesday, September 22, 2026
Home समाचार हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

110

असार ११,
सुनसरी । जिल्लाको बराह नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ। बराह नगरपालिका(९ ढोलबज्याङ बस्ने सत्यनारायन चौधरीको ५० वर्षकी श्रीमती भुनियादेवी चौधरीलाई आइतबार राति जंगली हात्तीले आक्रमण गरेको थियो। चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरी चौकी प्रकाशपुरले जनाएको छ। चौधरीलाई भैँसी गोठमा बसिरहेको अवस्थामा हात्तीले आक्रमण गरेको र उपचारका विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा बिहान ४ बजे मृत्यु भएको प्रहरीले बताएको छ।