Friday, October 2, 2026
Home समाचार मिटर व्याजको बिगबिगीः तण्डुकार दम्पतिको कारण धेरैको सकिने भयो सम्पत्ति

मिटर व्याजको बिगबिगीः तण्डुकार दम्पतिको कारण धेरैको सकिने भयो सम्पत्ति

348

नयाँ नेपाल न्युज
असार ९,
काठमाडौं । काठमाडौं उपत्यकामा मंहगो व्याजदरमा रकम दिएर मिटर व्याजहरुको कारण सर्वसाधरण ठगिने क्रम बढेको छ ।
मिटर व्याजमा लगाउनेहरुले १ लाखको मासिक १० हजारभन्दा बढि व्याज लिने गर्दछन् । यसरी चर्को दरमा पैसा दिनेहरु ब्याज बापतको रकम र सावाँ समेत चेक मार्फत लिने गर्दछन् । कतिपयले घर जग्गा समेत बन्धकी स्वरुप पास गरि लिने गरेका छन् । मंहगो घरजग्गा आफ्नो नाममा लिएपछि गायव हुने र प्राप्त चेकहरु बाउन्स गर्दै उल्टै उजुरी दिने गर्दा रकम लिनेहरु दोहोरो मारमा पर्ने गरेका छन् ।

एकातिर घरजग्गा जाने र अर्कातिर मुद्धा मामिला गर्दै हिड्नु पर्ने बाध्यता आएको छ ।
त्यसैबिच काठमाडौ महानगर वडा १० नम्बर बानेश्वर बस्ने सिताराम तण्डुकार दम्पतिले मिटर व्याजमा लगाएर धितो जमानी स्वरुप घरजग्गा र चेकहरु लिई बेपत्ताको एक पीडितले नयाँ नेपाल न्युजलाई बताएका छन् ।
तण्डुकार दम्पतिले करोडौं पर्ने घरजग्गा आफ्नो नाममा जमानी स्वरुप लिई बेपत्ता हुदाँ थुपै घरपरिवार सडकमा पुग्ने अवस्था आएको पीडितहरुको भनाई छ ।

गतसाल मात्र मिटर व्याजमा लगाउनलेलाई जिल्ला प्रहरी कार्यालय कैलाली पक्राउ गरि कारवाही पक्रिया अगाडी बढाएको थियो । यसरी पक्राउ पर्नेमा लक्ष्मी देवकोटा, धनगढि उपमहानगरपालिका ८ बुद्धचोकी कबिता चौधरी तथा मञ्जु बम र सोही नगरपालिका वडा २ नम्बर निलम पनेरु पक्राउ परेका थिए ।

यस अगाडी नै सिताराम तुण्डुकारको विरुद्ध गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति सुद्धिकरण विभागमा मुद्धा दायर भएको थियो । उनविरुद्ध छानविन समेत भइरहेको स्रोतको दाबी छ । गणतान्त्रीक मुलुकका शक्तिसाली प्रधानमन्त्री केपी शर्मा ओली मातहतमा रहेको सम्पत्ति सुद्धिकरण विभागको काम भने प्रभावकारी हुन नसकेको सर्वसाधरणको गुनासो रहेको छ । यस्ता संस्थाको काम कारवाही छिटो छरितो र सेवा प्रभावकारी हुन आवश्यक छ ।