संसदको नाम सिफारिस नगर्दा समिति गठन हुन सकेन

151

असार ८,
काठमाडौं । दलहरुले संसदको नाम सिफारिस नगर्दा संसदीय समिति गठन हुन सकेको छैन । कसलाई कुन समितिमा राख्ने भन्ने नामावली उनीहरुले नपठाउँदा समिति गठन प्रक्रिया अघि बढ्न नसकेको जानकारी संसद सचिवालयले दिएको छ ।
प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावली संसदबाट पारित भएलगत्तै संसद सचिवालयले संसदीय दलका कार्यालयहरुलाई समितिमा बस्ने सांसदको नामावली पठाउन आग्रह गरेको थियो । प्रतिनिधिसभा नियमावली पारित भएको दुई साताभन्दा बढी भइसकेको छ । दलहरुले बेलैमा नाम नपठाउने हो भने असार मसान्तसम्म पनि समिति गठन हुन नसक्ने संसद सचिवालयले बताएको छ ।