नेपाल समाचारपत्र- असार ५,
काठमाडौ । नेपाल प्रहरी भित्र लामो समयदेखि प्रहरी प्रधान कार्यालयमा बसेर आफु अनुकुलको निर्णय गराउदै आएका प्रहरी कर्मचारीलाई प्रहरी मुख्यालयबाट बाहिर पठाउने अभियान शुरु भएको छ । प्रहरी महानिरीक्षक फेरिएपछि हरेक आईजीपीले घोषणा गर्ने तर कार्यान्वयन नहुने यो रोगबाट यस पटक भने प्रहरी मुख्यालय मुक्त भएको छ । प्रहरी महानिरीक्ष सर्बेन्द्र खनालले प्रहरी प्रधान कार्यालयमा ५ बर्ष भन्दा बढी बसेका सबै जुनियर दृेखि सिनियर अधिकृत सम्मलाई मुख्यालय बाहिर पठाउने अभियानको शुरुवात गरको बताउनु भएको छ । अमेरिकामा आयोजना हुने राष्ट्र संघीय प्रहरी प्रमुखहरुको दोस्रो सम्मेलनमा भाग लिन जानु अघि उहांले १ हजार १ सय १ जना प्रहरी नायव निरीक्षकको सरुवा गर्नु भएको छ । सरुवामा परेका १ हजार १ सय १ मध्ये ५ बर्ष भन्दा बढी समय प्रधान कार्यालयमा बसेका सइहरुलाई उपत्यका बाहिर पठाइएको छ ।
लामो समयदेखि दुर्गम–दुर्गम बस्दै आएकालाई सुगम र सुगम– सुगम बस्दै आएका लाई दुर्गम पठाउने अभियान संचालन गरेको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ । नेपाल प्रहरीको प्राबिधिक तर्फ बर्षौदेखि बढुवा गर्ने भनिएपनि बिभिन्न कारण देखाउदै बढुवा नगरिएका प्राबिधिक प्रहरी अधिकृतहरुको समेत बढुवाको सिफारिस भएको छ । एउटै पदमा झण्डै १५ बर्षदेखि कार्यरत प्रहरी जवान देखि अधिकृत सम्मको बढुवाको सिफारिस गरेको पनि सचिवालयले जनाएको छ । अहिले ५ बर्ष भन्दा बढी समय प्रहरी प्रधान कार्यालयमा अड्डा जमाएर बसेकाहरुलाई सरुवा गर्न थालेपछि अहिले नेता कहां धाउने प्रहरी जवान देखि अधिकृत सम्मको भिड बढेको छ । गृह मन्त्री रामबहादुर थापाले प्रहरी भित्र देखिएको अनुशासन हिनतालाई तोड्न प्रहरी महानिरीक्षक खनालालाई निर्देशन दिएपछि उहांले अहिले प्रहरी प्रधान कार्यालय सफाई अभियान शुरु गर्नु भएको छ एक प्रहरी उच्च अधिकारीले नेपाल समाचारपत्रसंग भने ।
प्रहरी प्रधान कार्यालयमा बिगत २८ बषर्देखि कार्यरत रहेका प्रहरी कर्मचारी समेत फेला परेपछि गृह मन्त्रालयले समेत उनीहरुलाई जुनसुकै हालतमा प्रधान कार्यालयबाट बाहिर पठाउनु भनेपछि प्रधान कार्यालयले मुख्यालयमा कार्यरत सबै प्रहरी कर्मचारीको बसाई अवधीको अभिलेख उतार्न कर्मचारी प्रशासन शाखालाई निर्देशन दिएको थियो । झण्डै एक महिनाको प्रयास पछि कर्मचारी प्रशासन शाखाले प्रहरी प्रधान कार्यालयमा रहेका सबै बिभाग र कार्यालयमा कार्यरत कर्मचारीको रेकड उतारेर प्रहरी महानिरीक्षको सचिवालयलाई दिएको थियो । सचिवालयले उनीहरुको कार्यमुल्याङकनका आधारमा उनीहरुलाई उपत्यका बाहिर खटाएको हो ।
प्रहरी जवान देखि प्रहरी अतिरिक्त महानिरीक्षकमा खाली रहेका पदमा बढुवा गर्ने तयारी स्वरुप बढुवा प्रकृया अप्नाउदा बर्तमान प्रहरी महानिरीक्षमाथि गम्भिर आरोप समेत लागेको छ । उहांले योग्य र काविल अफिसरलाई पाखा लगाएर पहुचको आधारमा बढुवा गरेको भन्दै सार्वजनिक रुपमा आलोचना समेत भएको थियो । प्रहरी महानिरीक्षक खनालले आफुले मात्र चाहेर मात्रै केही अफिसरलाई न्याय दिन नसकेको बताउदै आइरहेको बेला अहिले ५ बर्ष भन्दा बढी समय मुख्यालयमा बस्नेलाई मुख्यालय बाहिर पठाउने काम भएको ती अधिकारीले बताए ।