चाँगुनारायण नगरपालिका विपद जोखिम न्यूनीकरणमा यस्तो प्रयास

670

असार ४,
भक्तपुर । २०७२ बैशाख १२ गते गएको भूकम्पपछी देश पुनर्निमाणका क्रममा रहेका बेला चाँगुनारायण नगरपालिकाले भने बिगतबाट पाठ सिक्दै विपद जोखिम न्यूनीकरणका कार्यमा ठुलो फड्को मारेको छ । नगरपालिकासंगको समन्वय युरोपियन युनियन ECHO को आर्थिक सहयोग र DCA, ADRA, VSO, FSCN / NDRC को साझेदारीमा २०१७ अगस्टबाट नगरपालिकामा संचालन भइरहेको प्रगति परियोजनाको आइतबार सम्पन्न समिक्षा बैठकका क्रममा हालसम्म यस क्षेत्रमा भएका काम र आगामी दिनमा अझै गरिने कामहरु बारे छलफल भएका थिए ।

बैठकमा विपद जोखिम न्यूनीकरणका क्षेत्रमा भएका कार्यहरुका बारेमा जानकारी गराउदै नगरप्रमुख सोम मिश्रले चाँगुनारायण नगरपालिकामा नेपालकै पहिलो पटक नगरस्तरीय आपतकालीन कार्य संचालन केन्द्रस्थापना भएको प्रत्येक घरधुरी, ब्यबसाय, सरकारी गैरसरकारी संघसस्था र कार्यालयहरुको GPS सहितको डिजिटल तथ्यांक संकलन कार्य सम्पन्न भैसकेको जानकारी गराउनु भयो । नगरपालिकाका सम्पूर्ण वार्डहरुमा विपद ब्यबस्थापन तथा जलवायु उत्थानशील समिति गठन भै सो क्षेत्रका संकटासन्नता तथा क्षमता विश्लेषण कार्य अन्तिम चरणमा पुगेको छ्र मिश्रले नगरस्तरीय विपद तथा जलबायु उत्थानाशील योजना यसै बर्ष तयार गर्ने , विपद कोष स्थापना गर्ने , खोज तथा उद्धार र प्राथमिक उपचार सामाग्री छिटै आवश्यक अनुरुप राख्ने योजना रहेको बताउनु भयो ।