जेठ ३१,
एजेन्सी । यतिबेला रसियामा हुने विश्वकपमा सेतो बिरालो चर्चामा छ । जन्मदैँ बहिरो रहेको उक्त सेतो बिरालोले विश्वकप २०१८ को भविष्यवाणीलाई लिएर चर्चामा रहेको हो । विश्वकपको पहिलो खेलबारे अकिलिस नामको रुसी सेतो बिरालोले पहिलो दिनको खेलमा रसियाले जित्ने भविष्यवाणी गरेको हो । आयोजक देश रसियाले साउदी अरेबियालाई पराजित गर्ने मिडिया रिपोर्टमा उल्लेख छ ।
यसरी गरेको थियो भविष्यवाणी ?
भविष्यवाणीपूर्व बिरालोलाई दुईवटा प्लेटमा मनपर्ने खानेकुरा दिइएको थियो । एउटा प्लेटमा रसियाको झण्डासँगै खानेकुरा र अर्को प्लेटमा साउदी अरेबियाको झण्डासँगै खानेकुरा राखिएको थियो । टेबलमा राखिएको उक्त खानेकुरा अकिलिसले दुवै तर्फको प्लेट एकछिन हेरेर अन्त्यमा रुसी झण्डासँगैको प्लेटमा रहेको खानेकुरा खाएको थियो ।
अकिलिस मानिससँगको सामिप्यका लागि जानिन्छ । उसको भविष्यवाणी क्षमतालाई तिखारेको देखिन्छ । विश्वकपको पहिलो खेल आज नेपाली समयअनुसार बेलुका राति ८ः४५ बाट सुरु हुँदैछ । उद्घाटन भने ८ः१५ बजे हुने बताइएको छ ।