प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितासुरु हुदैं

125

जेठ ३१,
भक्तपुर । नयाँ खेलाडी पहिचान गर्ने उद्देश्यले भक्तपुरमा तीन नम्बर प्रदेश प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर तीनले आयोजना गर्ने भएको छ । विहिबार भक्तपुरमा यस प्रतियोगिताबारे आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदैं नेपाल तेक्वान्दो संघ तीन नम्बर प्रदेशका अध्यक्ष केशब पुरीले असार १ र २ गते दुई दिनसम्म प्रतियोगिता संचालन हुने बताए । उनले तीन नम्बर प्रदेशमा रहेको सिन्धुली बाहेका अन्य १२ जिल्ला यस प्रतियोगितामा सामेल हुने जानकारी दिएका छन् ।
महिला ५, पुरुष ५ र काटाँ ३ गरि १३ विधामा करिब १ सय २० जना तेक्वान्दो खेलाडीले प्रतियोगितामा भाग लिने पुरीले बताए ।
तेक्वान्दो प्रतियोगीतामा उत्कृठ पुरुष, महिला र जिल्ला गरि पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ ।
उत्कृष्ठ खेलाडीहरुलाई शिल्ड, प्रमाणपत्र र मेडलबाट पुरस्कृत गरिने छ । खेलीप्रमीहरुको सहयोगमा भक्तपुर संचालन हुने यस प्रतियोगीतामा करिब १४ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।