Wednesday, October 7, 2026
Home राजनीति सांसदलाई तालिम दिन युएनडिपीको ६४ करोड

सांसदलाई तालिम दिन युएनडिपीको ६४ करोड

132

जेठ ३१,
देशको नीति निर्माण गर्ने थलो संसदमा दाताको प्रभाव निरुत्साहित गर्नुपर्ने आवाज उठिरहेका बेला संसद् सचिवालयले सांसदहरुको सशक्तीकरणका लागि भन्दै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपी बाट झन्डै ६४ करोड रुपैयाँ सहयोग लिने सम्झौता गरेको । संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई र यूएनडीपीका प्रतिनिधि खरेनउड मेयरबीच ५९ लाख १५ हजार २ सय ५७ अमेरिकी सहयोगको सम्झौता भएको हो । १० वैशाखमा भएको उक्त सम्झौताबारे अधिकांश सांसद मात्रै होइन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमेत अनविज्ञ छन् ।