भक्तपुर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल चाँगुनारायण वडा ७. बागेश्वरीको वडा अधिवेशन सम्पन्न भएको छ । शनिबार भएको युवा संघको वडा कमिटी अधिवेशनबाट श्रीकृष्ण लामिछानको नेतृत्वमा १५ सदस्यीय कमिटि गठन भएको युवा संघका नगर अध्यक्ष सबिन तिमल्सिनाले जानकारी दिए । उक्त कार्यक्रममा एमाले जिल्ला कमिटीका अध्यक्ष बचन देउजा, चाँगुनारायण नगर कमिटीका अध्यक्ष राम प्रसाद तिमिल्सना, उपाधयक्ष जयराम बास्तोला, एमालेका नेताहरु प्रकाश लामिछाने, लक्ष्मण लामिछान, युवासंघ अल्ला दाहाललगायतको उपस्थिती रहेको थियो ।