जेठ २८,
भक्तपुर । कला, संस्कृति भजन महागुठी भक्तपुरको आयोजनामा सम्पन्न एक कार्यक्रमका
बीच वंशगोपालस्थित श्री “बाराही द्योछें धलचा भजन” लाई नगद १५ हजारको थैलीसहित “सुरुप भजन सम्मान २०७४” बाट नाट्य एवं बाध्य गुरु श्री श्रीगोपाल प्रजापतिबाट सम्मानित गरिएको छ । सम्मान कार्यक्रममा पुनरावेदन अदालतका पूर्व मूख्य न्यायाधिश श्री गौरीबहादुर कार्की र प्राध्यापक डा. श्री भूचन्द्र वैद्यले सत्कर्म, ब्रत र उपासनाबारे धारणा राख्नुभएको थियो । विगत पाच वर्षदेखि दाता श्री गोविन्दमान श्रेष्ठका तर्फबाट आफ्ना आमा बुबाका नाउ“मा वर्षेनी रास भजन, धलचा भजन र दाफा भजनमध्ये पालैपालो एउटा भजनलाई सम्मानितगर्ने कार्य सम्पन्न हुदै आइरहेको छ ।