बृहत सरसफाई कार्यक्रम सम्पन्न

334

जेठ २४,
काठमाडौं । वातावरण परिवर्तनसंग सर्घष भन्ने सन्देशलाई आत्मासाथ गर्दै वी लभ य’ फउण्डेशन संस्थाले विश्वब्यापी रुपमा विश्व सरसफाइ कार्यक्रम आयोजना गरेको छ. । सरसफाई अभियान लागु गर्नुको उद्देश्यनै मौसम परिवर्तनले निम्त्याएको विपदलाई बचाउदै विश्वब्यापि वातावरण जोगाऔ र विश्वब्यापि वातावरण सरसफाइ अभियानलाई निरन्तरता दिदै वातावरण संरक्षणमा जनचेतना जागृत गराऔ भन्ने हो । कार्यक्रममा माननिय वन तथा वातावरण मन्त्री शक्ती बहादुर बस्नेतले नेपाललाई स्वच्छ वातावरण बनाउने महाअभियानको थालनी शहरी क्षेत्रमात्र नभई गाउँगाउँसम्म अभियान र्पुयाउने जानकारी दिएका छन् । ‘राजधानी र सहरमा मात्र होइन, हामी मुलुकका ७७ वटै जिल्ला, सबै स्थानीय तह हुँदै टोलटोल र घरघरमा सरसफाइ अभियान र्पुयाउँछौं उनले भने । सरसफाइ कार्यक्रममा केन्द्रीय कार्यालय र राष्ट्रिय बीमा संस्थान अगाडि फोहोरको थुप्रो देखेपछि मन्त्री बस्नेतले दुवै कार्यालयका कर्मचारी बोलाएर तत्काल फोहोर हटाउन निर्देशन दिए । मन्त्री बस्नेतले स्वच्छ वातावरण निर्माणका लागि सरकारले चालेकको कदममा साथ दिन आम नागरिकलाई अपील गरेका छन् । हजारौंको संख्यामा स्वयंसेवकहरु सहभागी सरसफाइ कार्यक्रम टुँडिखेल अगाडिबाट सुरु भएर भद्रकाली, सिंहदरबार पश्चिम गेट, माइतीघर, बबरमहल, नेपाल आयल निगम हुँदै अनन्नपूर्ण न्यूरो अस्पताल अगाडि पुगेर समापन गरिएको थियो ।