पदम मावि तथा कलेजका विद्यार्थीलाई छात्रवृत्ति वितरण

311

जेठ २३,
भक्तपुर । भक्तपुरको दरवार स्क्वाएरमा रहेको श्री पदम मावि तथा उच्च माविका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ ।
विद्यालयमा मंगलबार विश्व वातावरण दिवसको अवसरमा आयोजित एक कार्यक्रममा नेपाल सरकार शिक्षा मन्त्रालयले प्रदान गर्ने उक्त छात्रवृत्ति जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाले वितरण गरेका हुन् । सो अवसरमा गेलालले भक्तपुरको विकाशको लागि सबै क्षेत्र एक भएर लाग्नु पर्ने धारण व्यक्त गरेका छन् । उनले भक्तपुर नगरपालिकासंग समन्वय गरेरर पदम स्कुल र कलेजको नयाँ भवन निर्माणको पहल गर्ने समेत बताए । नेपाल सरकारले विद्यार्थी संख्या हेरेर अनुमान दिने भएकाले विद्यालयले शैक्षिक गुणस्तरमा समेत ध्यान दिन जरुरी रहेको गेलालको भनाई रहेको छ । कार्यक्रमका विद्यालयका प्राचार्य राम हाडाले विद्यालयमा समयमा समय विभिन्न शैक्षिक गतिविधि हुने र अन्य अतिरिक्त क्रियाकलाप हुने बताए । कक्षा एक देखि १२ सम्म विभिन्न शिर्षकमा करिब ६ लाख ६१ हजार बराबरको छात्रवृत्ति एक शैक्षिकसत्रमा वितरण हुदैं आएको प्रार्चाय हाडाले जानकारी दिए ।