चाँगुका उपप्रमुख बुढाथोकीले दिए ७० जना विद्यार्थीलाई विद्यालय पोशाक

114

भक्तपुर । चाँगुनारायण नगरपालिकाका नगर उपप्रमुख रमेश बुढाथोकीले एक विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोशाक उपलब्ध गराउनु भएको छ । बिहिबार नगरपालिकाको वडा नं. ५ छालिङ्गमा रहेको राधाकृष्ण आधारभूत विद्यालयका ७० जना विद्यार्थीलाई उहाँले विद्यालय पोशाक उपलब्ध गराउनु भएको हो ।

उक्त अवसरमा नगर उपप्रमुख बुढाथोकीले आफुले आफ्नो तलब र भत्ता मार्फत आएको रकमले सम्मान गरेको बताउनु भयो ।
मैले कसैले सहयोग गरेको हैन, यो भविष्यका कर्णधार विद्यार्थीहरुलाई सम्मान गरेको हुँ, र पछिपनि गर्न सकु, उहाँले भन्नु भयो ।
आर्थिक रुपमा कमजोर भएका २५ जना विद्यार्थीलाई ट्याक र जुत्ता समेत दिने प्रतिवद्धता समेत सो अवसरमा उपप्रमुख बुढाथोकीले गर्नु भएको छ । आफु निर्वाचित भएर आएपछि ५ वटा भन्दा धेरै विद्यालयमा यस्तो कार्य गरेको उहाँले जानकारी दिनुभयो ।
यस्ता कार्यले विद्यार्थीहरुको शैक्षिक भविष्यमा सकारात्मक प्रभाव पर्ने विद्यालयका शिक्षक माधवप्रसाद ढकालको भनाई छ ।