जेठ १९,
काठमाडौं । पछिल्लो दुई दिन लगातार देशका तीन स्थानमा भूकम्प गएको छ । बिहिबार दैलेख र गोरखा तथा शुक्रबार दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको हो । गोरखा र दोलखामा गएको भूकम्प २०७२ बैशाख १२ गते गएको भूकम्पकै पराकम्प भएको र दैलेख केन्द्रबिन्दु भएर गएको भने नयाँ भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको छ । केन्द्रका अनुसार बिहिबार गोरखा केन्द्रबिन्दू भएर ४।१ रिक्टरस्केलको पराकम्प गएको थियो भने दैलेखमा गएको नयाँ भूकम्प ४।३ रिक्टरस्केलको रहेको थियो । यस्तै शुक्रबार दोलाखा केन्द्रबिन्दु भएर गएको पराकम्प पनि ४।३ रिक्टरस्केलकै रहेको केन्द्रले बताएको छ । केन्द्रका अनुसार ०७२ बैशाख १२ गतेको भूकम्पयता हालसम्म ४ वा ४ रिक्टरस्केलमाथिका ४९८ वटा पराकम्पहरु गइसकेका छन् ।