अब गुगलले अमेरिकी रक्षा मन्त्रालयका लागि गुप्तचरी नगर्ने

111

जेठ १९,
एजेन्सी । गुगल अमेरिकाको रक्षा मन्त्रालयका लागि कृत्रिम गुप्तचरीको काम गर्ने सम्झौताबाट बाहिरिएको छ ।न्यूयोर्क टाइम्स र द इन्टरसेप्टको रिपोर्ट अनुसार गूगलले यो कदम आफ्ना कर्मचारीको विरोधपछि उठाएको हो ।गूगलको शीर्ष सूत्रको भनाई छ कि वरिष्ठ कार्यकारी अधिकारी डीएन ग्रीनले कर्मचारीसँग यो सम्झौता आगामी बर्ष मार्चमा सकिएपछि अगाडि नबढने बताएका छन् । गूगलका दुई कर्मचारीले मेवन नामको यो प्रोजेक्टमा कम्पनीले काम गरेका भन्दै असन्तुष्टि जनाएर राजीनामा दिएका थिए । हजारौ कर्मचारीले गुगलको यो कदमको विरोधमा हस्ताक्षर संकलन गरेका छन् ।