कीर्तिमान बनाउँदै सिटी

94

बैशाख २७,
म्यानचेस्टर सिटीका म्यानेजर पेप ग्वार्डिओलाका लागि अबको लक्ष्य अंक तालिकामा १०० अंक पुर्याउनु हुने छ। उसले बुधबार भएको खेलमा अंक तालिकामा १४ वर्षपछि सर्वाधिक धेरै अंक बनाउने टिमको कीर्तिमान कायम गरेको छ। अन्तिम खेलमा ग्वार्डिओला टिमका लागि सतक बनाउने ध्याउनमा रहने छ। सय अंक बनाए सिटीले नयाँ कीर्तिमान कायम गर्ने छ। सिटीले बुधबार भएको खेलमा ब्रिङटन एन्ड होभ अलविअनलाई ३(१ ले पराजित गर्दे लिग अंक तालिकामा ९७ अंक बनाएको छ। सिटीबाट याया टुरेका लागि अन्तिम खेलका रुपमा रहेको प्रतिष्पर्धामा डेनिलो, बर्नान्डो सिल्भा र फर्नान्डीन्होले गोल गरेका थिए। सिटीले मह्त्वपुर्ण जित निकालेसँगै यसअघि २००४(५ मा जोसे माउरिन्होको प्रशिक्षणमा रहँदा चेल्सीले बनाएको ९५ रनको सर्वाधिक अंकको कीर्तिमान भंग गरेको छ। जितपछि प्रशिक्षक ग्वार्डिओलालो भने ‘९७ अंक, धेरै गोल तथा जित यो एउटा राम्रो संयोग बनाउन हामी सफल भएका छौं।’ उनले अब उत्कृष्ट सिजनको रुपमा अन्त गर्नका लागि अन्तिम खेल बाँकी रहेको भन्दै उक्त खेलबाट सय अंक बनाउँदै सिजनको सुखद अन्त गर्ने ध्याउनमा सिटी रहेको बताए। सिटीले जारी सिजन एकै सिजनमा प्रिमियर लिगमा सर्वाधिक गोलको कीर्तिमान समेत कायम गरेको छ। सिटीले १ सय ५ गोल गरेको छ। त्यसअघि चेल्सीले २००९(१० को सिजनमा १ सय ३ गोल गरेको थियो। ३१ औं प्रिमियर लिगको उपाधि जितको पेप ग्वार्डिओलाको टिमले प्रतियोगितामा एकै सिजनमा सर्वाधिक जित निकाल्ने टोटनह्यामको कीर्तिमान पनि बराबरी गरेको छ। उसले ३१ खेलमा जित निकालेको छ। यसअघि टोटनह्यामले १९६०(६१ मा सर्वाधिक ३१ जित निकालेको थियो। त्यस्तै उसले लिभरपुलले १९७८(७९ मा बनाएको सर्वाधिक ९८ अंकको कीर्तिमान पनि तोड्ने अवस्थामा पुगेको छ। अन्तिम खेलमा जित निकाले सिटीले उक्त कीर्तिमान आफ्नो नाममा पार्ने छ। प्रिमियर लिग अन्तर्गतनै भएका अन्य खेलमा चेल्सी हर्डसफिल्डसँग १(१ को बराबरीमा रोकिंदा लेस्टरसँग आर्सनल ३(१ ले पराजित भयो। त्यस्तै टोटनह्यामले न्युक्यासललाई १(० ले पराजित गर्यो। स्वान्सी भने साउथहेम्टमसँग पराजित भएपछि रेलिगेशन जोनमा पर्ने लगभग निश्चित भएको छ।