‘मेरो कार्यकालमा ‘म्याचफिक्सिङ’ हुँदैन् र हुनदिन्न ‘

205

बैशाख २३,
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) कानवनिर्वाचितअध्यक्षकर्माछिरिङ शेर्पाले म्याचफिक्सिङ रोक्नतत्कालकानूनआवश्यक रहेको बताएका छन् । उनले भने,‘म्याचफिक्सिङको अन्त्यगर्न तत्कालकानूनआवश्यक छ, त्यो कानूनल्याउनको लागि सरोकारवालानिकाय, सरकार र संसदले विशेष पहल लिनुपर्छ।’
उनले अनुशासन कमिटि र एपिल कमिटी गठन गरेर खेलमा रहेका सबैखाले मिलेमतोहरु रोक्ने विश्वास समेत दिलाएका छन् । उनले भने,‘हामी सबै खेलाडीहरुको गतिविधि नियाँल्छौं, उनीहरुले कसलाई भेट्छन्, के गर्छन् ?त्यसको विषयमापनिजानकारी लिन्छौं।’
आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमाअध्यक्ष शेर्पाले पछिल्लो समय फूटबलमा ‘म्याचफिक्सिङ’ गरेको आरोप लागेको बताउँदै भने,‘फुटबलमा नीतिगतपारदर्शीता हुनुपर्छ, हामीअब त्यसैमा केन्द्रित हुन्छौं, यसकालागि विज्ञहरुसँग छलफल गरेर उपयुक्तनीति बनाउँछौं।’ एन्फामा देखिएको अनियमितता रोक्नको लागिआर्थिक नियामावलीजारी गरेर पारदर्शीताकायमगर्ने उनको भनाई थियो ।
अहिले म्याचफिक्सिङ रोक्नको लागि फुटबलको सर्वोच्चनिकायफिफाले सफ्टवेयर बनाएको उल्लेख गर्दै उनले भने,‘त्यो सफ्टवेयर मार्फत नेचुरल र अननेचुरल गेम पत्तालगाउन सकिन्छ, त्यो प्रविधिमार्फतपनिहामी अघि बढ्छौं।’
क्लबका सभापतिऋषिधमलाको सभापतित्वमाआयोजित साक्षात्कारमाबोल्दै उनले अहिले आर्थिक नियामावलीनभएको स्पष्ट पारे । उनले थपे,‘अबहामीआर्थिक नियामावली बनाउँछौं, यो नियामावलीबन्नेवित्तिकै फुटबलमा देखिएको अनियमितताअन्त्यगर्नको लागि महत्वपूर्ण हुन्छ।’
अध्यक्ष शेर्पाले फूटबल प्रशासनलाई आईटीमा लैजाने पनिविश्वास दिलाए । उनले भने,‘क्लबदर्तादेखि लिएर खेलाडीहरुको दर्ता पनिअबअनलाईनबाटै गर्छौं, र खेलाडीहरुले क्लब परिवर्तन गर्दापनिअबअनलाईनबाटै गर्नसक्ने व्यवस्थाहामी गर्छौं।’ तल्लो स्तरसम्मै खेलको वातावरण निर्माण गर्नको लागिभोलि बस्ने एन्फाको बैठकबाट ४५ जिल्लामातत्काल खेल प्रशिक्षण केन्द्र खोल्ने र लिग सञ्चालनगर्ने निर्णय गरिने अध्यक्ष शेर्पाले जानकारी दिए ।