नेकपाले छान्यो उम्मेदवारः भक्तपुरमा डीपी ढकाल

1208

कार्तिक १७,

काठमाडौं । उपचुनावका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उम्मेदवार छनोट गरेको छ । नेकपा सचिवालयको आइतबार बसेको बैठकले कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रदेश सभा सदस्यका लागि दाङ ३ (ख) मा हुने उपचुनावमा विमला वली र भक्तपुर १ (क) मा देवीप्रसाद ढकाल (डीपी)लाई उम्मेदवार बनाइएको छ ।

बाग्लुङ २ खमा भने राष्टिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए । यस्तै धरान उपमहानरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । भट्टराई यसअघि कास्की २ बाट निर्वाचित सांसद रवीन्द्र अधिकारीकी पत्नी हुन् भने वली सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद उत्तरकुमार वलीकी पत्नी हुन् ।