‘डमरुको डन्डीबियो’ सबैले हेर्न पाउने

135

बैशाख १७,
काठमाडौं । प्रतिक्षित फिल्म ‘डमरुको डन्डीबियो’ चलचित्र जाँच पास समिति सेन्सर वोर्ड बाट पास भएको छ । खगेन्द्र लामिछाने स्टारर फिल्मलाई सेन्सर सदस्यले युनिभर्सल प्रमाण पत्र उपलब्ध गराएका छन् । छेतेन गुरुङ निर्देशित फिल्म डमरुको डन्डीबियोलाई हरेक उमेर समुहका दर्शकले हेर्न सक्नेछन् । फिल्मको लम्बाई २ घण्टा १९ मिनेटको छ । सेन्सर वोर्डबाट पाएको प्रतिक्रियाले आफु उत्साहित भएको निर्देशक गुरुङले बताए । ‘सेन्सर सदस्यबाट एकदम राम्रो प्रतिक्रिया पाएका छौं । आम दर्शकले पनि मन पराउनु हन्छ भन्ने आशा बढेको छ’, निर्देशक गुरुङले भने । लेखक क्षेतेनको यो डेव्यु निर्देशकिय फिल्म हो ।

विनोद गुरुङ र नोर्वु छिरिङ घले निर्मित फिल्ममा खगेन्द्रसँगै अनुप बराल, मेनुका प्रधान, अशान्त शर्मा, लक्ष्मी बर्देवा, अंकित खड्का, इङ्गी होपो कोइच सुनुवार, नमिता घिसिङ लगायतका कलाकारको अभिनय छ । हरी हुँमागाईंको छायाँकन रहेको फिल्ममा कालिप्रसाद बाँस्कोटाको संगीत छ । डमरुको डन्डीबियो यही शुक्रबार अर्थात बैशाख २१ गतेदेखि प्रदर्शनमा आउने प्रतिक्षित फिल्म हो ।