Thursday, October 1, 2026
Home समाचार काठमाडौंमा मेट्रो रेल नै चाहिन्छ

काठमाडौंमा मेट्रो रेल नै चाहिन्छ

189

बैशाख ११,
रेल यातायातबारे अध्ययन तथा अभ्यास गरेका बेलायतमा कार्यरत नेपाली ईन्जिनियर तथा विज्ञहरुको काठमाडौंका लागि मोनो रेल उपयुक्त नभएको बताएका छन् । सोसाइटी अफ नेप्लिज ईन्जिनिययर्स युकेद्धारा शनिबार आयोजित कार्यक्रममा बोल्दै लन्डनको एउटा प्रतिष्ठित कम्पनीमा कार्यरत कन्सल्टिङ सिभिल ईन्जिनियर डा। विनोदलाल अमात्यले मास ट्रान्जिट सिस्टम को आवश्यक्ता र भुकम्पको जोखिमलगायत दृष्टिकोणबाट हेर्दा मोनोरेल काठमाडौंका लागि उपयुक्त नभएको बताए ।दीर्घकालिन हिसवाले हेर्दा काठमाडौं उपत्यकामा मेट्रो अर्थात भुमिगत रेलसेवा नै चाहिन्छ, उनले भने ।