आजबाट भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सुरु

720

चैत २७,
भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा आजदेखि सुरु भएको छ । जात्रालाई शान्तिपूर्ण रुपमा मनाउने सन्देश प्रवाह गर्न सोमबार विशाल सद्भाव एवं शान्ति ¥याली प्रदर्शन गरिएको छ । यो जात्रा तौमढी (पाँचतले मन्दिर अगाडि) बाट भैरव र भद्रकालीको रथ तानेर शुरु हुनेछ र आगामी वैशाख ५ गते गहिटी पु¥याएर सम्पन्न हुनेछ । त्यसैगरी जात्राको आवश्यक सबै तयारी पूरा गरेको भएकाले आज दिउँसोबाट जात्रा सञ्चालन गर्ने तयारी गरिएको छ । बिस्केट जात्राको मुख्य गरी भैरवको रथ तान्ने क्रममा पाँचतले मन्दिर तल र माथिका बासिन्दाबीच विगतमा जस्ते ढुङ्गा हान्ने र झगडा गर्ने कार्य हुन नदिन आज जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा ¥याली निकालिएको छ । ¥यालीले तौमढीबाट शुरु भई नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । यसवर्ष जात्रालाई शान्ति पूर्ण बनाउन ३४ स्थानमा सिसी क्यामरा जडान गरेर निगरानी गरिएको, जात्रामा एक हजार ३ सय भन्दा बढी सुरक्षाकर्मी खटीएका छन् । मदिरा बिक्री वितरणमा रोक लगाइने र झगडा गर्ने एवं ढुङ्गा हान्नेलाई सार्वजनिक ऐनअन्तर्गत मुद्दा चलाएर कारवाही गरिने भएको छ । स्थानीय बासिन्दा, सरकारी कार्यालयका कर्मचारी, प्रहरी, राजनीतिक दल, नागरिक समाज, स्थानीय विभिन्न क्लबका प्रतिनिधि, विद्यार्थी, स्काउट सुरक्षाकर्मीका तीनवटै निकाय, सञ्चारकर्मी र विभिन्न संघसंस्थाका प्रतिनिधि ¥यालीमा सहभागी थिए ।