बाबुराम घरदैलोमा

134

चैत २२,
गोरखा । पहिलो पटक ०६४ मा सांसद हुँदा हरेक महिना निर्वाचन क्षेत्र आउने कार्यक्रम घोषणा गरेका नयाँ शक्ति नेपाल पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई सोही कार्यक्रमअन्तर्गत अहिले गोरखामा छन्। बुधबार गोरखा आइपुगेका भट्टराई आफु निर्वाचित भएको क्षेत्र नं। २ स्थित सिरानचोक गाउँपालिकाको केराबारीमा बास बसे। ‘कम्तीमा पनि गोरखा महिनाको एक दिन आउने, मतदाताको घरमा सँगै बस्ने, उहाँहरुले जे खानु हुन्छ त्यै खाने मेरो आत्मबाट आएको कार्यक्रम हो,’ केराबारीको नेपाने पुगेका डा। भट्टराईले भने, ‘यसरी जनताकोमा आउँदा उनिहरुको वास्तविक समस्या के छरु समाधान कसरी खोज्न सकिन्छरु भन्ने बुझ्न कठिन हुँदैन।’ उनले देशको प्रधानमन्त्री, अर्थ मन्त्री भइसकेको मान्छे सामान्य हुन्, कुनै हाउगुजी होइनन् भन्ने चिनाउन पनि म यसरी आउने गरेको बताए। यसरी नागरिकको घरमा पुग्दा विकासको कुरा गर्लान्, पहिलेजस्तो कार्यकारी भूमिकामा हुनुहुन्न भन्ने प्रश्नमा भट्टराईले भने, ‘महिनाको एक पटक जनताको गुनासो सुनेर संसदमा कुरा उठाउँछु। म सांसद मात्र नभई पूर्वप्रधानमन्त्री पनि हुँ। त्यसैले जनताको गुनासो सम्बोधन गर्न हरबखत लागिरहेको छु।’ भट्टराई केराबारीमा भरत ढकालको घरमा बास बसेका हुन्। ‘हिजो डक्टरसाप यहीँ केराबारीको साथी भरत ढकालकोमा बसे,’ भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले भने, ‘भरत सरको परिवारसँगै भान्सामा, गुन्द्रीमा पलेँटी कसेरै खाना खाए। गाउँलेहरुले पनि राम्रो स्वागत गरे।’ प्रतिनिधिसभाको चुनावमा निर्वाचित भएपछि धन्यावाद दिन बाँकी रहेको मतदातको क्षेत्रमा भट्टराई यस पटक पुगेको नयाँ शक्तिका जिल्ला संयोजक रमेश पोखरेलले बताए। बिहीबार अजिरकोट गाउँपालिकाको घ्याच्चोक गएर बास बस्ने कार्यक्रम रहेको छ। त्यस्तै, शुक्रबार अजिरकोट गाउँपलिकाकै सिम्जुङमा जनभेटघाट कार्यक्रम सकेर काठमाडौं फर्कने भट्टराईका स्वकीय सचिव पोखरेलले बताए।