Friday, September 18, 2026
Home समाचार मरेको बाघ फेला पर्यो

मरेको बाघ फेला पर्यो

335

चैत १०,
चितवन । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सौराहा नजिकै खोरसोर दक्षिणमा पोथी बाघ मृत फेला परेको छ। निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा। कमल गैरेका अनुसार खोरसोर नजिकैको चिसापानी घोलमा शनिबार बिहान साढे ७ बजे करिब तीन वर्षको दुर्लभ पाटे बाघ मृत अवस्थामा फेला परेको हो। राप्ती नदी किनारमा बाघको आधा शरीर पानीमा डुबेको थियो। बाघको टाउको, भुडी र गालामा चोट देखिएको डा। गैरेले बताए। अर्को बाघसँग जुधेर घाइते भएको उक्त बाघ संक्रमणले मरेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताए। बाघको मुचुल्का उठाएर पोष्टमार्टमका लागि निकुञ्जको मुख्य कार्यालय कसरा लगिएको छ। पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२० वटा बाघ रहेका छन्।