Friday, September 18, 2026
Home राजनीति मुख्यमन्त्री राउतको व्यवसायीलाई आग्रह

मुख्यमन्त्री राउतको व्यवसायीलाई आग्रह

152

चैत १०,
जनकपुरधाम । प्रदेश(२ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले संघीयता लागू भएर देशमा विकास निर्माणको कामहरु दु्रत गतिमा अघि बढ्न लागेकोले पुराना अधुरा गर्न बाँकी रहेका कामहरुलाई पूर्णता दिएर देश विकासमा सहयोग गर्न निर्माण व्यवसायीसँग आग्रह गरेका छन्। प्रदेश(२ को निर्माण व्यवसायी महासंघको कार्यालय समुद्घाटन समारोहमा मुख्यमन्त्री राउतले सरकारले निकालेको टेन्डरभन्दा कम रकममा गएर टेन्डर स्वीकार गर्ने र काम वर्षौं वर्षसम्म अधुरो छाड्ने तथा कामै नगरी भाग्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने चेतावनी दिएका छन्। मुख्यमन्त्री राउतले प्रदेश–२ को कानुन निर्माण गर्ने क्रममा सरकार रहेकोले अब कम रकममा टेन्डर स्वीकार गर्ने तर गुणस्तरीय काम तथा समयमा पूरा नगर्ने निर्माण व्यवसायीलाई कानुनी उपाय खोज्ने बताए। उनले देश निर्माणको क्रममा रहेकोले क्वालिटी कम्परमाइज गरेर कुनै पनि संरचना निर्माण भए सरकारलाई मान्य नहुने तथा प्रदेश(२ मा त्यस्ता निर्माण व्यवसायीलाई खुट्टासमेत टेक्न नदिने बताए।