पाँच वर्षभित्र रोगजारीका लागि कोही बाहिर जानु पर्दैन नगरप्रमुख अमानसिंह तामाङ

315

सामान्य कृषक परिवारमा वि। सं। २०१८ असोज १ गते पिता जगुसिंह तामाङ र माता सङ्जी तामाङको कोखबाट जन्मिएका हुन्, अमानसिंह तामाङ। बाल्यकालदेखि नै उनी राजनीतिमा चासो राख्थे। २०३६ सालदेखि मसालबाट राजनीतिक यात्रा सुरु गरे उनले। २०४७ सालमा जनआन्दोलन भयो। अग्निप्रसाद सापकोटाको प्रेरणाबाट उनमा कम्युनिस्टप्रतिको छाप पर्‍यो। २०४९ सालमा संयुक्त जनमोर्चा नेपालको उपाध्यक्ष बने उनी। २०५२ सालमा नेकपा माओवादीले सशस्त्र जनयुद्ध सुरु गर्‍यो। उनी १० वर्षे जनयुद्धमा भूमिगत भएर आन्दोलनमा सक्रिय भए। शान्ति सम्झौता भएको धेरै वर्षपछि स्थानीय सरकार बन्यो। सोही क्रममा माओवादी केन्द्रका तर्फबाट चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुख बने। उनै तामाङसँग नगरपालिकाका समस्या र आगामी योजनाबारे बताए । नगर प्रमुख निर्वाचित हुनुभएको १० महिना पुग्यो, । नगरपालिकाले पहिलो प्राथामिकता जनताको सेवा गर्नु नै हो। त्यसैले जनहितका कामलाई प्राथमिकता दिएका छौँ। जस्तै पुनर्निर्माणलाई विशेष महत्त्वका साथ हेरिएको छ। जनता यसबेला घर बनाउने चटारोमा छन्। त्यसैले सामग्री ढुवानीलाई सहज होस् भन्ने हेतुले घरघरमा मोटरबाटो लैजाने अभियानमा जुट्यौँ। नगरपालिकाभित्रका ७५ प्रतिशतभन्दा धेरै घरमा मोटरबाटो पुगेको छ। नगरपालिकाभित्र अन्य काम भइरहेका छन्। खानेपानी, सडक, विद्युत्, स्वास्थ्य, शिक्षालगायतका काम भई नै रहेका छन्। तपाईंहरूको चुनावी ऐजेण्डाअनुसार काम कतिको भइरहेको छरु मैले भोट माग्न जाँदा जनताको घरघरमा गएर बोलेको थिएँ, नगरपालिकालाई काठको पोलमुक्त बनाउँछु भनेर। त्यसको काम भइरहेको छ। डेढ करोड रुपैयाँको फलामको पोल आइसकेको छ। असार मसान्तभित्रमा गरिसक्ने योजना बनाएको थियो। तर, धेरै असरल्ल भएकाले अलिक कठिन भइरहेको छ। चौतारा बजारमा सडकको काम भइरहेको छ। खानेपानी योजना बन्दै छ। जिल्ला अस्पताललाई मेडिकल कलेजको रूपमा विस्तार गर्न छलफल भइरहेको छ। कृषि, भेटेरेनरी र प्राविधिक शिक्षालाई जोड दिँदै छौँ। जिल्ला अस्पताललाई मेडिकल कलेजको रूपमा विस्तार गर्ने भन्दै हुनुहुन्छ, अहिलेसम्म अस्पतालमा सामान्य बिरामी उपचार गराउन जानसमेत डराउँछन्, किन होलारु अस्पतालमा अहिले राम्रो उपचार नपाएको भन्ने जनगुनासो हामीले पनि नसुनेका होइनौँ। भूकम्पपछि अझै अस्पताल व्यवस्थित हुन सकेको छैन। उपचारका लागि पर्याप्त स्रोत र साधनको समेत व्यवस्था छैन। त्यसैले हामीले नयाँ रूपमा परिर्माजित गरेर मेडिकल कलेजको रूपमा विस्तार गर्ने योजना बनाएका छौँ। हेरौँ, कतिको सफल हुन्छ। दश महिनाको अन्तरालमा अहिलेसम्म नगरपालिकाको विकासका लागि के भयो, के गर्दै हुनुहुन्छरु मैले भर्खरै भने, खानेपानी, सडक, विद्युत, शिक्षा, स्वास्थ्यको कामलाई प्राथमिकता दिएका छौँ भनेर। एक वर्ष स्थानीय सरकारको व्यपस्थापनमै बित्यो। भर्खरै जनताले स्थानीय सरकार आएको महसुस गर्न थालेका छन्। अबको चार वर्षमा नगरवासीले समृद्ध नगरपालिका चाहेका छन्, यही बनाउने अभियानमा हामी छौँ। चौतारा बजार अस्तव्यस्त भएकाले बजारभित्रको सडक निर्माण कार्यको थालनी भएको छ। बजारमा एकतर्फी मात्रै बाटो संचालनमा ल्याएका छौँ। आलडाँडादेखि गुम्बाडाँडासम्मको चौतारा बजारको वैकल्पिक बाटो स्तरोन्नति हुँदै छ। आगामी दुई वर्षमा १४ वटै वडाका सडक कालोपत्रे गर्ने लक्ष्य छ। कालोपत्रेसम्म नसके पनि स्तरोन्नति गर्नेमा दुई मत छैन। जिल्ला सदरमुकाम रहेका नगरपालिका आफैँमा आत्मनिर्भर बन्न कठिन अवस्था सिर्जना हुँदै छ, समृद्धितर्फ नगरपालिकालाई लैजान के कस्तो पहल हुँदै छरु हो, नगरपालिका यतिबेला संकटको घडीमा छ। नगरपालिकाको आत्मनिर्भर बन्ने आधार केही छैन। त्यसका लागि नगरपालिकाले पर्यटक भित्राउँन पर्यटकिय क्षेत्रको अध्ययन सुरु गरेको छ। आर्थिक वर्ष २०७४÷०७५ मा केन्द्रबाट प्राप्त अनुदान र जिल्लाको आन्तरिक स्रोत गरी करिब ६५ करोड रुपैयाँको बजेट बनाएका थियौँ। अहिलेको हाम्रो मुख्य स्रोत त्यही हो। नगरपालिका क्षेत्रभित्र पर्ने ढुंगा, गिट्टी, बालुवा ठेक्का नै हाम्रो आन्दानीको मुख्य स्रोत हो।