पैसा कमाउन मात्र ध्यान दिदाँ ‘पारिवारिक जिवन’ लथालिङ्ग

270

नयाँ नेपाल न्युज-
नेपालबाट वार्षिक धेरै युवायुवती कामको खोजिमा विदेशीने क्रम जारी छ । पढेलेखेका र पैसा हुनेहरु अमेरिका, अष्टे«लिया, युरोप र जापानतिर गएका छन् । अनि कम पढाई र न्युन आर्थिकस्तर भएका चाहिँ मलेशिया, दुर्बइ, अरबतिर रमाउदै छन् । नेपाल मायाप्रेम, यौन, विवाह र सन्तान आधरभूत कुरा जस्तै छन् । तर विश्वमा केही यस्ता देशपनि छन् । जहाँ मानिहरु ४० वर्ष उमेर हुदाँ समेत पारिवारिक जिवनबारे सोच समेत बनाउदैनन् । त्यो एउटा देश हो जापान । आज हामी जापानको पारिवारि अवस्था र सामाजिक जिवनबारे केही कुरा प्रस्तुत गर्दै छौ । जापानका १ करोड ३० लाख अविवाहितमध्ये ३० लाख मानिस ३५ वर्ष पार गरिसकेका छन् । उनीहरू अझै पनि अभिभावकसँग बस्ने गर्छन् । चालीस वर्षमुनिका प्रायः युवायुवती रमाइलो गर्दैनन् । मायाप्रीतिप्रति खासै चासो छैन उनीहरूलाई । होस पनि कसरी ? उनीहरूको ध्याउन्नै करिअर र कामप्रति छ । फुर्सदिला किशोर–किशोरी पनि ‘प्राविधिक मनोरञ्जन’तर्फ डुबेका छन् । जहाँ यौन र परिवार भन्दा भविष्यको धेरै चिन्ता गरिन्छ । यौन सिफ्र्र समय बिताउने माध्यय मात्र भएको छ । तर बंश बिस्तार र सन्तान उत्पादन तर्फ यौनलाई लान जापानिजहरुले सकेका छैनन् । यसैले यहाँ अबको केही समयपछि युवापुस्ताको खडेरी हुने चिन्ता सरकारमा छाएको छ । सर्वेक्षण अनुसार १८ देखि ३४ वर्ष उमेरका ६१ प्रतिशत अविवाहित पुरुष र ४९ प्रतिशत महिला कुनै पनि प्रकारको सम्बन्धमा नबाँधिएको बताइन्छ । यो आँकडा अघिल्लो पाँच वर्षको तुलनामा १० प्रतिशतले बढी हो । त्यसैगरी, अर्को एक अध्ययनअनुसार ३० वर्षमुनिका एक तिहाइ मानिस कहिल्यै पनि डेटिङ गर्देनन् । व्यावहारिक रूपमा विवाह र प्रेममा विच्छेद भए पनि धार्मिक बन्धनबाट स्वतन्त्र यस मुलुकमा सेक्सले नगण्य अर्थ राख्छ । ४० वर्षमुनिका जापानीमा यौनलगायत प्रेमप्रति वितृष्णा बढेको विज्ञहरू बताउँछन् । त्यहाँका लाखौं किशोर–किशोरीले अझै पनि डेटिङको अर्थ बुझेका छैनन् । र, असंख्य जापानी यौनप्रति खासै चासो देखाउँदैनन् । तर, विवाह बन्धन र माया गाँस्ने सवालमा भने चिसा नै साबित भए जापानी किशोर–किशोरी । जापानको परिवार नियोजन संघका प्रमुख कुनिओ कितामुरा जापानमा जनसंख्या संकट देख्छन् । ‘समस्या यति गम्भीर बन्दै छ कि जापानको अस्तित्व नै लोप हुने खतरा छ,’ उनी भन्छन् । चालीस वर्षमुनिका प्रायः युवायुवती रमाइलो गर्दैनन् । दुई दशक लामो आर्थिक मन्दीको अन्त्यपछि पनि यहाँका किशोर–किशोरीलाई समाजिक मनोरन्जनले छुन सकेको छैन । सन् २०११ को आणविक विनाशको भूत, भूकम्प, सुनामी, विकिरणको पग्लाइजस्ता ‘ह्याङओभर’ले अझै पनि केही युवायुवतीलाई गाँजेको छ । ‘महिला र पुरुष दुवैले प्रेमको बिन्दु नै देखेनन् । प्रेमले नयाँ गन्तव्यतर्फ लैजान्छ भन्नेमा उनीहरूलाई कत्ति विश्वास छैन,’ जापानको एक विश्वविद्यालयलका समाजशास्त्री भन्छन, ‘अब त समस्या निकै विकाराल भइसक्यो ।’ विवाह विस्तारै अनाकर्षक छनोटको एउटा बारुदी सुरुङ बन्दै छ यहाँ । समस्या यति गम्भीर बन्दै छ कि जापानको अस्तित्व नै लोप हुने खतरा छ । जापानी पुरुषमा पुरुषत्वको अभाव हो कि । विवाह र प्रेमप्रति घृणा विवाहलाई घृणा गर्ने संस्कार जापानका लागि नौलो होइन । यस्तो समस्या विश्वमा धेरै देशमा देखा पर्न थालिसकेको छ । नेपालमा पनि भविष्यमा यस्तो नहोला भन्न सकिन्न ।