‘हामीलाई घाम भन्दा काम प्यारो’

634

चैत ४,
भक्तपुर । चैतको दिन मध्य बाह्र बजे घामले तातेर टाउको फुट्ला जस्तो हुन्छ । तर केही यस्ता मानिसहरु छन् । जो सुःखद भविष्यको कल्पना गर्दै यो मध्य घाममा पनि काम गरिरहेका हुन्छन् ।
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा धेरै इटा भट्टा छन् । मुुलुक भुकम्पपछि पुर्ननिमार्णको चरणमा छन् । त्यहि अभियानलाई अदृश्य रुपमा साथ दिइरहेका छन् यी पात्रहरुले ।
सुडाल जाने बाटोको बायाँ तिर १३ वर्षका सुजन कार्की आमालाई माटो दिएर काममा सहयोग गरिरहेका थिए । उनकी आमा दिलकुमारी कार्की धमाधाम ईट्टा बनाइ रहेकी थिइन् । बाबु स्कुल जादैंनौ ? हामीले प्रश्न गरेयौ ।
सुजनले भने ‘म लुभुमा बसेर ६ कक्षामा पढ्छु, शुक्रबार दिदीसंग आएको अब आज जान्छु पढ्न । ’
दिलकुमारीले सुजनले उत्तर दिइ नसक्दै भनिन् ‘पहिला हामी लुभुतिर बस्ने हो, त्यसैले बच्चाहरु उतै बसेर पढ्छन् । ’
दिलकुमारीका अनुसार उनिहरु ईट्टा बनाउन आएको यो पहिलो वर्ष हो । उदयपुरको गाइघाट बजार नजिकैको गाउँबाट लालाबाला च्यापरे श्रीमान रंग बहादुर कार्की सहित उनीहरु शहर आए । गत वर्षको समयमा उद्योगीहरुले ईट्टा बनाउने मजदुरहरुलाई १ हजार ईट्टा बनाएको १ हजार दिएका थिए । तर यो वर्ष १ सय थपेर दिने हल्ला छ, दिलकुमारीले सुनाईन् । यस्तो घाममा काम गर्दा गाह्रो हुदैँन दिदी भन्दा उनले भनिन् ‘हामीलाई घाम भन्दा काम प्यारो भाई । ’
बिगतका वर्षहरुमा श्रमिकहरुले आफै माटो मुछेर तयार बनाउनु पथ्र्यो तर केही वर्ष यता व्यवसायीले नै माटो मुछेर ल्याइदिने गरेका छन् । यसले गर्दा कामदारलाई धेरै सहज बनाइ दिएको छ ।

सानैमा बाबु बितेपछि सुमनको सपना टुट्यो
केही पर सल्यान जिल्ला शारदा नगरपालिकाका श्यामलाल गिरी इट्टाको चाङ लगाउर्दैं थिए । उनीहरुको तीन जनाको समुह छ । एकजनाले दैनिक ६/७ सय काचाँे इट्टा बनाउछन् । उनीहरुको पनि यो काम पहिलो वर्ष हो । श्यामलालका ३२ वर्षका भजित लोक गिरी र आफन्त पर्ने १६ वर्षका सुमन केसी संगै झ्याउलीमा बस्छन् । खाना बनाउने रुटिङ छ । आज सुमनको पालो रहेछ । म अलिकति परको झ्याउली पुगे । सानो र होचो छाप्रोमा दाउदा बालेर खाना पकाउदैं गर्दा धुवाँले आखाँ खोल्न नमिल्ने अवस्था थियो । तेही भेटिए सुमन । सानै उमेरका उनलाई सोधे किन शहर आयौं त ? झ्याउलीको ढोका नजिकै आएर उनले भने ‘काम गर्न । ’ २०७२ साल असोज महिनाको एक दिन सुमनको लागि निकै अकल्पनीय भयो । ४० वर्षपनि उमेर नपुगेका उनको पीताको मृत्यु भयो । घरमा आमा, भाई र बहिनीको जिम्मेवारी अब उनको काधँमा आयो । दुई वर्ष उतै काम गरेका सुमन आफन्त श्यामलालको साथ लागरे शहर आए ।

माछा व्यापार नचलेपछि भट्टा तिर
धनुषा हंसपुर नगरपालिका मोहीत सहनी पहिला माछाको सिद्रा व्यापार गर्थे । तर त्यो पेशाले घरखर्च चलाउनै समस्या भयो । त्यसपछि उनले हंसपुरमा रहेकी श्रीमती र दुई जना छोराहरुलाई लिएर शहर आए । सबै परिवार मिलेर १ हजार ईटा बनाउने गरेको बताए । बस्नलाई सानो झ्याउली छ । उनले हामीसंग कुरा गर्दै भने ‘कोठाभाडा पर्दैन्, काम त जे गरेपनि काम नै हो, माटोसंग खेल्नु पर्छ । ’

उद्योगलाई व्यवस्थित बनाउन पर्ने
भक्तपुर जिल्लामा ६४ वटा ईटा भट्ट छन् । त्यस मध्ये करिब ५२ वटा जति त चाँगुनारायण नगरपालिकामा मात्र छ । पुर्ननिर्माणको यो चरणमा महत्वपूर्ण निर्माण सामाग्री ईटा उद्योगलाई स्थानीय तह र सरकारले व्यवस्थित बनाउन पहल गर्नु देखिन्छ । माटो र कोइलाबाट चल्ने यो उद्योग उचित मापदण्ड बनाउन सरकारले व्यवसायीलाई सहज वातावरण बनाउनु पर्दछ । स्थानीय क्षेत्र वरपरको वातावरण र स्वयम् उक्त उद्योगमा श्रम गर्ने श्रमिकको स्वास्थ्यमा समेत सम्बन्धीत निकायले चासो दिनु पर्ने देखिन्छ ।