प्रदेश ५ मा आज मन्त्रिपरिषद् विस्तार हुँदै

271

चैत ५,
बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल विस्तार गर्दैछन्। सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार तथा विकास मन्त्री वैजनाथ चौधरीले सोमबार मन्त्रिमण्डल विस्तार हुने बताए। विस्तार हुने मन्त्रिमण्डलमा एमालेबाट दुई र माओवादी केन्द्रबाट एक जना सहभागी हुनेछन्। मन्त्रीका लागि एमालेले रुपन्देहीका लीला गिरी, बाँकेकी आरती पौडेल र माओवादी केन्द्रले गुल्मीका सुदर्शन बरालको नाम सिफारिश गरेको छ। प्रवक्ता चौधरीका अनुसार गिरीले सामाजिक विकास मन्त्रालय, पौडेलले कृषि मन्त्रालय र बरालले पर्यटन तथा उद्योग मन्त्रालय सम्हाल्ने छन्।