Sunday, September 27, 2026
Home समाचार डीभी र पीआरधारी कर्मचारीलाई कारबाही थाल्दा पूर्वप्रधानमन्त्रीसँग चर्काचर्की पर्‍यो

डीभी र पीआरधारी कर्मचारीलाई कारबाही थाल्दा पूर्वप्रधानमन्त्रीसँग चर्काचर्की पर्‍यो

219

चैत ४,
काठमाडौं । स‌ंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अघिल्लो कार्यकालमा डीभी र पीआरवाला कर्मचारीलाई कारबाही गर्ने सिलसिलामा पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराईसँग चर्काचर्की परेको बताएका छन्। मन्त्री क्वार्टरमा आफूलाई भेट्न आएका कलाकारसँग कुरा गर्दै पण्डितले भने, ‘भट्टराईजीले मेरो मान्छेको पर्दा रोक्ने भने। मैले नीतिअनुसार कसैलाई छोड्दिन भनेँ। देश लुट्न कसैलाई दिन्नँ भनेँ।’ एकै समयमा दुई वा दुई भन्दा बढी देशको नागरिक हुने कुरा मान्य नहुने उनले बताए। मुलुक संघीय संरचनामा गएपछि खटाइएका प्रदेशमा जान नमान्ने कर्मचारीलाई कारबाही थाल्ने उनले बताए। ‘काठमाडौं बसेर काम ठग्नेलाई चाँडै ठेगान लगाउँछु’, उनले भने, प्रधानमन्त्रीज्यूले के गर्नुपर्छ, गर्नुस् भन्नुभएको छ।’ काम गर्न अल्छी गर्ने वा नसक्नेलाई अब ‘बाइबाइ’ गर्ने योजना रहेको पण्डितले सुनाए। पहिलोपटक मन्त्री हुँदा युवालाई स्वदेश फर्काउँछु भनेको स्मरण गर्दै उनले अझै पनि त्यो सोच परिवर्तन नभएको बताए। ‘विदेश जाने सोचमा रहेकाहरू देशमै केही गर्नुस् न’, उनले भने, ‘वातावरण बनाउने काम म गर्छु।’ विदेशमा रहेका युवालाई बिस्तारै फर्काउने वातावरण बनाउने उनले बताए। आफूले मुलुकलाई फोर्न नभई जोड्न पहल गरिरहेको बताए। ‘म मधेशमा जन्मिएको हुँ तर पहिले नेपाली हुँ त्यसपछि अरु’, पण्डितले भने। भूकम्प गएका बेला दिनरात नभनी प्रभावितस्थल पुगेको उनले बताए। एक व्यक्ति वा परिवारको हित–अहित हेर्नेभन्दा पनि समाज र राष्ट्रका लागि सोचौँु, मन्त्री पण्डितले भने ुएकअर्कालाई होच्याउने र तल पार्ने काम नगरौँ उनले झण्डै एक महिना वातावरण मन्त्रालयमा बस्दा प्रदूषण नियन्त्रणका लागि पहल गरेको दाबी गरे। प्रदूषणका नमुना स‌ंकलन गर्न क्यामेरा बोकेर ठाउँठाउँ पुगेको उनले दाबी गरे। प्लास्टिकका झोला बन्द गर्न काम गरिरहेकै बेला अहिले मन्त्रालय फेरिएको मन्त्री पण्डितको भनाइ छ।