‘उकालीमा अघिअघि‘ गीत चोरी प्रकरणः पहिला कस्तो अहिले कस्तो (भिडियो हेर्नुहोस् )

293

फागुन २४,
काठमाडौं । ३३ वर्ष अगाडि बनेको सम्झना फिल्मको सुपरहिट गीत ‘उकालीमा अघिअघि‘’ को एउटा अंश बिनाअनुमति भुवन केसीले आफ्नो फिल्म ‘कृ’ मा समावेश गरेका थिए । ओरिजिनल गीतका रचनाकार र संगीतकार रन्जित गजमेरले नेपाल आएपछि यो कुरा थाहा पाए । र, उनी भुवनप्रति रुष्ट बनेका छन् ।दार्जिलिङवासी भेट्रान संगीतकार रन्जित गजमेर उनी अहिले नेपालमा छन् । संयोग कस्तो भने यति नै बेला उनले आफ्नो चोरी भएको विषयमा गुनासो लिएर प्रहरी कार्यालय धाउनु परेको छ । त्यसो त भुवन आफ्नो फिल्म ‘कृ’ प्रदर्शनका लागि छोरा अनमोल केसीलाई लिएर जापानतिर लागिसकेका छन् । गजमेर भने सम्झनाका निर्माता(निर्देशक शम्भु प्रधानको साथ लागेर टेकुस्थित महानगरीय प्रहरी परिसर पुगेका थिए । तर, आज सार्वजनिक विदाले गर्दा प्रहरी कार्यालय बन्द थियो, र उनीहरु फर्के । भोली फेरि बयानका लागि जाने रन्जितले बताए । आफ्नो फिल्मको गीत चोरी गरिएको भन्दै निर्देशक प्रधानले कृका निर्माताद्वय भुवन केसी र सुवास गिरीविरुद्ध केही दिनअघि प्रहरीमा उजुरी गर्न पुगेका थिए । तर, प्रहरीले संगीतकारको पनि बयान लिनुपर्ने भन्दै उजुरी दर्ता गरेको थिएन । साथै प्रहरीले मुद्दा अघि बढाउनुको साटो दुवै पक्ष बसेर सहमति गर्न पनि सल्लाह दिएको छ ।
पहिलाको गीत यस्तोः भिडियो हेर्नुहोस्

अहिलेकोः
https://www.youtube.com/watch?v=nsquj4B8Wi0