नेपाली फिल्मको ५० वर्ष पूरा

242

फागुन २३,
काठमाण्डौ । नेपाल चलचित्र विकास बोर्डले पुराना नेपाली फिल्मलाई संरक्षण र सुरक्षित गर्ने उद्देश्यले डिजिटाइजेशन तथा रेष्टोरेशन गर्ने भएको छ । बोर्डको २०७४ पुस २४ गते अध्यक्ष निकिता पौडेलको अध्यक्षतामा बसेको बैठकले यस्तो योजनाको निर्णय गरेको हो ।
निर्णयले आमा सहित १२ वटा नेपाली फिल्मलाई पहिलो चरणमा डिजिटाइजेशन गर्न लागेको हो । पुराना रिल प्रविधिबाट बनेका फिल्महरू खुइलेर तथा नष्ट भएर जानसक्ने भएकोले त्यसलाई नयाँ डिजिटल प्रविधिमा रूपान्तर गरी संरक्षण गर्न लागिएको अध्यक्ष निकिताले जानकारी दिइन् ।