फागुन २१,
उत्तर कोरियाली शासक किम जोङ उन र उनका पिता किम जोङ इलले १९९० मा ब्राजिलको नक्कली पासपोर्ट हासिल गरेका थिए भन्ने प्रमाण भेटिएको छ ।
समाचार एजेन्सी रोयटर्सलाई ती दस्ताबेजको फोटोकपी प्राप्त भएको छ, जसमा जोङ उनलाई जोसेफ पाग देखाइएको छ ।, यो खबर आजकोनयाँ पत्रिकामा छापिएको छ ।
जब कि पिताको नाम रिकार्डो र आमाको नाम मार्सेला लेखिएको छ । किम जोकिम जोङ उनका पिता किम जोङ इलको पासपोर्टमा उनको नाम आइजोङ तकोई बताइएको छ ।
ब्राजिलको एक सुरक्षा एजेन्सीले रोयटर्सलाई बताएको छ— चेक रिपब्लिकको राजधानी प्रागस्थित ब्राजिलको दूतावासबाट जारी गरिएका यी दस्ताबेज हेर्दा बिल्कुलै सक्कली देखिन्छन् ।
सुरक्षा एजेन्सीको अर्को एउटा सूत्रले बताएअनुसार यी दस्ताबेज पश्चिमी देशको भिसा हासिल गर्न गरिएको थियो ।
तर, भिसा जारी गरियो अर्थात् यी दस्ताबेज उपयोग गरिएका थिए भन्नेचाहिँ पुष्टि गर्न सकिन्न । तर, उत्तर कोरियाली सत्तारुढ परिवारलाई नक्कली दस्ताबेजको आवश्यकता किन पर्र्र्यो