श्रीमान ‘मोस्ट वान्टेड’, श्रीमती माननीय

255

फागुन १६,
कपिलवस्तु । श्रीमान प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा ।
श्रीमती चाहिँ प्रदेशकी माननीय ।
झट्ट पढ्दा यो विश्वास लाग्दैन । तर, एमालेले एक जना प्रदेश संसद यस्तै चयन गरेको छ ।
प्रहरी पनि अचम्ममा छ ।
‘मोस्ट वान्टेड’ अपराधीलाई खोजिरहेको छ, उनकी तर श्रीमतीलाई चाहिँ सलाम गरिरहेको छ ।
हो, हामी कुरा गरिरहेका छौँ, एमालेले प्रदेश ५ मा समानुपातिकतर्फबाट संसद बनाएको फौजिय नसिमको ।
पहिला फौजिय नसिम सांसद भइन् कसरी यो जानौँ ।
उनी पूर्णकालीन राजनीतिक कार्यकर्ता होइनन् ।
‘मोस्ट वान्टेड’ पतिकै चाहना र राजनीतिक सम्पर्कमा उनले स्थानीय तहमा पनि टिकट पाएकी थिइन् ।
फौजिय नसिमले स्थानीय तहको निर्वाचना कपिलवस्तुको मायादेवी गाउँपालिका अध्यक्षमा एमालेबाट टिकट पाइन् । तर, चुनाव हारिन् ।
पत्नी स्थानीय तहको निर्वाचनमा पराजयपछि ‘मोस्ट वान्टेड’ पतिले फेरि अर्को राजनीतिक गोटी चाले ।
एमालेका जिल्ला नेताहरूसँग संवाद बढाए ।
त्यसै स्वरूप फौजिय नसिमको नाम प्रदेश सांसदका लागि सिफारिस भयो ।
उनी प्रदेश समानुपातिकमा मुस्लिम महिला कोटामा १ नम्बरमा सिफारिस भएकी थिइन् ।
सोहीअनुसार श्रीमती फौजिया प्रदेश सभासद बनिन् र शपथ पनि लिइन् ।
एमालेका एक जिल्ला नेताले यस्तो नाम सिफारिसमा ‘आर्थिक’ विषय पनि जोडिएको बताए ।