फागुन १३,
सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिका-६ स्थित मलेठ चोकमा आइतबार बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
कंचनपुर फत्तेपुर सडक खण्ड अन्तर्गत उक्त ठाउँमा माइक्रो बसमा पछाडिबाट मोटरसाइकल ठोकिएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहीले जनाएको छ ।
सप्तरीको फत्तेपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा४ख ८२४ नम्बरको हायस माइक्रोबसमा पछाडिबाट आइरहेको को। ३१ प ३३५० नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । उक्त दुर्घटनामा मोटरसाइकल चालक उदयपुरको बेल्का नगरपालिकाको तपेश्वरी बस्ने २५ वर्षीय राजेशकुमार साह र पछाडि सवार सुनसरीको इनरुवा नगरपालिका २ बस्ने २६ वर्षीय दीलिप कुमार साहको मृत्यु भएको छ ।
राजेशलाई उपचारका लागि विराटनगरतर्फ र दीलिपलाई राजविराजतर्फ ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीको भनाइ छ ।
दुर्घटनामा परेका सवारी साधनलाई इप्रका कंचनपुरले नियन्त्रणमा लिएको छ ।