हजुर आमाले पाँच हजारमा नातिनी बिक्रि गरेपछि

147
सांकेतिक तस्विर

एजेन्सी । भारतको हरियाणा राज्यस्थित फरिदाबादबाट मानव सभ्यतालाई नै स्तब्ध बनाउने एउटा घटना बाहिर आएको छ । चाइल्ड लाइनको सूचनामा पुलिसले फरिदाबादको धिरज नगरस्थित टी–२ कोलोनीमा १५ दिनदेखि बन्धक एक बालिकालाई आइतवार उद्दार गर्न सफल भएको छ। झारखण्ड निवासी ती पीडित बालिकालाई उद्दारपछि प्रहरीले गरेको अनुसन्धानमा उनलाई २ वर्षअघि उनकै हजुरआमाले ५ हजार रुपैयाँमा बेचेको खुलेको छ । ती हजुरआमाले बालिकालाई सुरेन्द्र नामका एक युवकलाई बेचिदिएपछि उनको दुर्दिन सुरु भएको हो । सुरेन्द्र नामका ती युवकले बालिकालाई झारखण्डबाट किनेर दिल्ली लिएर आएका थिए । जहाँ करिब २ वर्षसम्म सुरेन्द्रले बालिकालाई घरमा चर्को काम मात्रै लाएनन् बलात्कार पनि गरे ।
सुरेन्द्रले दुई साताअघि ती बालिकालाई ३० हजार रुपैयाँमा मिश्रा नामका अर्का युवकलाई बेचिदिएका थिए । जसले बालिकालाई दिल्लीबाट फरिदाबाद लिएर गए । पीडित बालिकाले आफूलाई फरिदाबादमा पनि सुरेन्द्र मिश्राले बलात्कार गरेको बयान दिएकी छन् । बालिकाले घरमा काम गर्दा पाउने पैसा समेत उनीहरुले खोसेर राख्ने गरेको बयान बालिकाले प्रहरीमा दिएकी छन् । पीडितको यस बयानले फरिदाबाद पुलिसमा तरङ्ग ल्याएको छ । यसपछि महिला थाना पुलिसले पाक्सो एक्ट (भारतीय कानुन) बमोजिम मुद्दा दर्ता गरेर जाँच थालेको छ।
अर्कातिर पुलिसको एउटा विशेष टिम झारखण्ड हिँडेको छ। अर्को टिम फरिदाबाद र दिल्लीमा आरोपीको खोजीमा धमाधम छापा मार्न जुटेको छ। जानकारी अनुसार चाइल्ड लाइन भारतीय सरकारको बालबालिकासम्बन्धी एउटा कार्यालयको हेल्पलाइनमा शनिवार राति एउटा फोन आएको थियो । त्यसपछि चाइल्ड लाइनको टिम सेक्टर९३१ थाना पुलिसको सहयोगमा आइतवार बिहान बालिकालाई थुनेको घरमा पुगेको थियो । जहाँ बालिकालाई प्रहरीले भेट्टाउन सफल भयो । अहिले पीडित बालिकालाई अस्पतालमा भर्ना गरिएको छ । उनको उपचार जारी रहेको छ।बालिकाको बयानको आधारमा उजुरी दर्ता गरेर घटनाको जाँच चलिरहेको छ। अहिलेसम्म कुनै पनि आरोपीलाई प्रहरीले गिरफ्तार गर्न सकेको छैन ।