अष्ट्रेलियन बैज्ञानिकहरुले जलवायु परिवर्तनको प्रभावबारे

355

क्यानबेरा । अष्ट्रेलियाली बैज्ञानिकहरुले हालैका दिनमा यहाँ देखा परिरहेको जलवायु परिवर्तनको असरका बारेमा गहन अनुसन्धान गर्ने जनाएको छ ।
पछिल्लो समयमा अष्ट्रेलियामा वातावरणीय असन्तुलन देखिएको छ । जसका कारण यहाँ तापक्रममा अस्वभाविक र निकै लामो समयपछि बृद्धि भएको पाइएको छ ।
हालै प्राप्त एक समाचारअनुसार सिड्नीको तापक्रम ४७ डिग्री सेल्सियससम्म पुगेको थियो । यसलाई यहाँको करिब ८० वर्षपछिकै सबैभन्दा बढी तापक्रमका रुपमा देखाइएको थियो ।
यस अस्वभाविक तापक्रमलाई यहाँका अधिकारीहरुले जलवायु परिवर्तनको असरका रुपमा व्याख्या गरेका थिए । त्यसैले यस विषयमा अनुसन्धान सुरु गरिएको पनि ती अधिकारीहरुले जानकरी दिएका छन् ।
अष्ट्रेलियाली दक्षिणी समुद्रमा उनीहरुले यस्तो अनुसन्धान थाल्ने भएका हुन् । समुद्रको गहिराइसम्म पुगेर गरिने यस्तो अनुसन्धानका लागि उनीहरुले रोबोटको प्रयोग गर्ने तयारी गरिरहेका बताइएको छ ।
अष्ट्रेलियाको कमलनवेल्थ बैज्ञानिक तथा औद्योगिक अनुसन्धान संस्थाका तर्फबाट बैज्ञानिकहरुको एउटा समूहले यस्तो अनुसन्धान सुरु गरेको अधिकारीहरुले जनाएका समाचारमा उल्लेख गरिएको छ ।
यस समुद्रमा बैज्ञानिकहरुले कम्तीमा पनि ३ देखि ५ हजार मिटरसम्म गहिराइमा पुगेर सो अनुसन्धान गरिने छ र यसका लागि रोबोटहरुको प्रयोग गरिएको छ ।
यस गहिराइसम्म पुगेर अहिलेसम्म यस्तो खालको अनुसन्धान हुन नसकेकोमा पहिलो पटक उनीहरुले यो अनुसन्धान सुरु गर्न लागेको जानकारी सो संस्थाले दिएको प्राप्त समाचारमा जनाइएको छ ।