मानव अंग प्रत्यारोपण केन्द्रको आन्दोलनः अस्पतालमा त्रास सिर्जना

958

पुस २२,
भक्तपुर । मानव अंग प्रत्यारोपण केन्द्रमा विगतकेही समयदेखि उत्पन्न विवादले समाधान नपाउदाँ समस्या सिर्जना भएको छ । २०७४ साउन २९ गते मानव अंग प्रत्यारोपण केन्द्रले पाँच वर्षदेखि कार्यरत नर्स त्रजिना जतिको करार नविकरण नभएपछि उत्पन्न समस्या समाधान हुन सकिरहेको छैन् ।
अस्पताल प्रशासनले भने नर्स त्रजिना जतिलाई अस्पतालल करार नविकरण नगरेपछि विभिन्न आरोप लगाउदै आन्दोलन गरेको दाबी गदैं आएको छ ।
अस्पताल श्रोतले दिएको जानकारी अनुसार करारका केही नर्स तथा कर्मचारीहरुको तीन तीन महिनामा करार नविकरण गर्ने गरिएको र सोही अनुसार जतिको करार नविकरण नभएपछि उनले यो अवस्था सिर्जना गरेको बताएको छ ।
अस्पतालमा कार्यरत एक व्यक्तिले भने ‘त्रजिनाको मात्र होइन अन्य केहीको पनि जागिर नविकरण नभएको हो, तर उनले ४ वर्षसम्म काम पाउदाँ चाही यो अस्पताल राम्रो, कामबाट निकालेपछि किन नराम्रो ? ’
यदि अस्पतालमा नराम्रो नै भएको भए उनले विगतमा किन बोल्न सकिनन् ? उनले प्रश्न समेत गरेका छन् ।
अस्पताल श्रोतको अनुसार विगतकेही समयदेखि नै नर्स त्रजिनाले प्रशासनले दिएको जिम्मेवारी पुरा नगरेको र सहकर्मीहरुलाई दुव्र्यवहार गर्ने, गाली गलौज गर्ने, माथिल्लो तहकालाई अपमान जनकशब्द प्रयोग गर्ने लयागतका क्रियाकलाप गरेकाले वातावरण त्रसित भएको थियो ।
उनी अस्पतालले लिएको करार थप गर्ने परिक्षामा समेत अर्नुतिर्ण भएकी थिइन् ।
यसबारेमा उनीसंग फोन सम्पर्क गर्दा शनिबार साझँ उनकको मोवाइल अफ थियो ।
यता डाक्टर पुरकारचन्द श्रेष्ठ भने उनको पिता बिरामी भएर अस्पतालमा रहेको जानकारी पारिवारीक श्रोतले दिएको छ । यो समस्याको समाधान दिन सबैले ध्यान दिनु जरुरी देखिन्छ ।