दलहरुको विवादले संविधान कार्यान्वयनमा ढिलाई

195

पुस २१,
भक्तपुर । नेकपा एमाले नेता तथा पुर्व सभामुख सुवासचन्द्र नेम्वाङ्गले दलहरुको विवादका कारण अझैपनि संविधान कार्यान्वयनमा जान नसकेको बताउनुभयो । भक्तपुरमा ‘काठमाडौ स्कुल अफ ल’ को १८औं बार्षिकोत्सव कार्यक्रममा आज बोल्दै पुर्वसभामुख नेम्बाङ्ले तीन तहको निर्वाचन सम्पन्नपछि पनि संविधान कार्यान्वयनमा जान नसक्नु दुःखद भएको बताउनुभयो ।
कार्यक्रममा उहाँले संविधान कार्यान्वयनमा नआउनुमा संविधानको नभई राजनीतिक दलहरुको विवाद नै प्रमुख कारण भएको पनि बताउनुभयो । संविधान कार्यान्वयन र समृद्विका लागी जनताले दिएको जनादेशको पालना गर्दै दलहरुले छिटो भन्दा छिटो निकास निकाल्नुपर्ने उहाँले बताउनुभयो ।
प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनबाट प्राप्त जनादेश यर्थाशिध्र व्यवहारमा लागु हुनुपर्नेमा जोड दिदैं उहाँले यसलाई दराजमा थन्किन नदिनतर्फ सबै लाग्नुपर्ने धारण राख्नुभयो ।
कलेजका अध्यक्ष माधवप्रसाद आचार्यको सभापतित्वमा भएको उक्त बार्षिकत्सवमा कलेजका प्रमुख युवराज संग्रौला, कलेजका सहप्राध्यापक प्रदिप पाठक, मध्यपुरठिमी नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठ लगायतले मुलुकमा कानुनी शासनको कार्यान्वयन र पालना हुनुपर्नेमा जोड दिएका थिए ।