बौद्धनाथ महाचैत्यको पुनः निर्माण सम्बन्धि मेरा केहि भनाइ

588

चैत्र २८, काठमाडौं।
२०७२ साल बैशाख १२ र २९ गतेको महाभूकम्पले बौद्धनाथ महाचैत्यको डोम (गर्भ) माथिको भाग र डोम (गर्भ) माथिको हर्मिका (आँखा भएको भाग) चर्किएको थियो । त्यसमाथिको (स्टेप) अर्थात १३ तलाहरु सबै उप्किएको थियो । त्यसमा चुना, सुकी, बालुवाको प्रयोग भएको छ । सबैभन्दा बढी क्षति सोक्सिङ् (रष्ति) मा पुगेको थियो। सोक्सिङ्लाई स्तुपको मेरुदण्ड मानिन्छ । १३ तल्लाको बीचमा हुने सोक्सिङमा अगराख काठको हुन्छ । त्यसमा सुनको अक्षरले बुद्धमन्त्र लेखिएको हुन्छ। सोक्सिङ्को चारै दिशामा बहिलोचन बुद्ध, रत्नसम्भव बुद्ध, अमिताभ बुद्ध र अमोकसिद्धि बुद्धसहित पञ्च बुद्धको प्रतिमा राखिएको हुन्छ ।
पञ्चबुद्ध राख्ने बेलामा थुप्रै बौद्ध धर्मको विधि पुर्याउनुपर्ने लामा गुरुहरुले जानकारी दिए । पञ्चबुद्ध राख्ने बेलामा १३ दिनसम्म पूजाहरु गर्नुपर्दछ । सोक्सिङ (गर्भ) देखि माथिसम्मको भाग सुनको मोलम्बा लगाएको र पाताले मोरिएको हुन्छ । यसमा मोर्नका लागि जम्मा ३१ किलो सुन लागेको जानकारी प्राप्त भएको छ ।
बौद्धनाथ उपत्यकाका सम्पदामध्येमा पर्दछ र महाचैत्यको गोलाई १२० फिट भएको पूरातत्व विभागद्वारा जानकारी पाएको छ । यसका ५ तहहरु छन् । यी तहले पञ्चतत्व बुझाउने छ । जमिनको भागदेखि पेटीसम्म पृथ्वीतत्व, त्यसमाथिको गर्भ (डोम)ले जलतत्व, १३ तलाले अग्नितत्व, त्यसमाथिको छत्रवलीले वायुतत्व र गजुरले आकाशतत्व बुझाउँदछ । पेटी मण्डल आकारको छ । त्यसमाथि गर्भ सोक्सिङ उठाइएको छ । गर्भको २ तहमा पहेँलो रङ्गका बुट्टा राखिएको छ । बुट्टा कमलको पात आकारको छ । गर्भ बीच भागबाट घुस्न सकिन्छ । अरु चैत्यभन्दा बौद्धनाथ चैत्य बेग्लै किसिमको र विशेषतामा आर्य लोकेश्वर (फागपा चेन्रेजिक) को मूर्ति राखिएको छ । हार्मिक ४ आँखा छन् र बीचमा एउटा बिम्ब र प्रश्नचिन्ह राखिएको छ । आँखालाई ध्यानी बुद्ध मानिन्छ ।
महाचैत्यको गर्भसम्मको भाग बलिएको छ । यहाँसम्म पूरै पर्खालले प्याक गरिएको हुन्छ । त्यही भएर भूकम्पले यो भागमा क्षति पुर्याउन सकेन । विश्व सम्पदा सूचीकृत भएपछि यो महाचैत्य देश विदेशमा अर्थात विश्वको ५०-६० राष्ट्रमा चर्चित भएको छ । बौद्धनाथ चैत्य निर्माण भइसकेको बौद्धनाथ स्तुपको प्राण प्रतिष्ठानबाट पृथ्वीमा रहेका सम्पूर्ण जीवजन्तु र मानवसमेतको लागि सदा सुखी रहून् भनी भगवानसँग प्राथना गर्दछु ।
सरकार अर्थात बौद्धनाथको महाचैत्य पुनःनिर्माण गर्न सरकारबाट कुनै पनि सहयोग प्राप्त भएको छैन । मात्र सरकारको तर्फबाट पुरातत्व विभागका कर्मचारी र इन्जिनियरद्वारा पूरा मद्धत प्राप्त भएको छ । यस चैत्य निर्माणका लागि विदेशी धर्मगुरुहरु र स्वदेशी धर्मगुरुहरु तथा बौद्ध धर्मवालम्बीहरु एकजुट भइ यो महाचैत्य निर्माण कार्य सम्पन्न भएको हो ।
यस चैत्य निर्माणका लागि करिवन ३० करोड रकम अर्थात सुनसमेत गरी जम्मा २३ करोडको लागतमा बौद्धनाथ महाचैत्यको निर्माण कार्य १ वर्ष ६ महिनामा निर्माण भएको छ । सोको बाँकी ७ करोड रकम बौद्धनाथ क्षेत्र विकास समितिमा नै मौज्जात भएको पुष्टी बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले गरेका छन् ।
प्राण प्रतिष्ठा अर्थात भूकम्पबाट क्षतिग्रस्त भएपश्चात पुनःनिर्माण गरिएको विश्व सम्पदामा सूचीकृत बौद्धनाथ महाचैत्यको २०७३ साल मार्ग ५ गते आइतबार प्राण प्राण प्रतिष्ठा गरिएको छ । शुक्रबारबाट बौद्ध धर्मगुरुहरुले शद्धीकरण पूजा गरी तेस्रो दिन आइतबार प्राण –प्रतिष्ठा गरिएको हो ।
भूकम्पले भत्काएका विश्व सम्पदामा सूचीकृत संरचनामध्ये पुनःनिर्माण कार्य सम्पन्न भएको यो नै पहिलो हो । मनले आँट्यो भने के मात्र हुँदैन भन्ने विचारहरु बौद्ध धर्मावलम्बीहरुले गरेर देखाए । नेपालका २ करोड ८० लाख जनसमुदायले धेरै –धेरै खुसी व्यक्त गरेका छन् ।
बौद्ध धर्म हो कि बोन्पो (झाँक्री) धर्म अर्थात् बुद्ध कि बोन्पो (झाँक्री) यहि सन्दर्भमा म मेरो तर्फबाट चित्त नबुझेका कुरा प्रष्ट राख्न चाहान्छु । अथवा जुन दिन २०७३ साल मार्ग ५ गतेदेखि बौद्धनाथको प्राण प्रतिष्ठा पूजाको सुरुवातका साथै मार्ग ७ गते मङ्गलवारका दिन प्रधानमन्त्री पुष्पकमल दाहालबाट उद्घाटन गर्ने कार्यक्रमको स्वागतको लागि लामा गुरु र विभिन्न देश-विदेशका धर्मगुरुहरुले पनि प्रधानमन्त्रीको स्वागतको लागि प्रतिक्षा गरिरहेको बेलामा अचानक झाँक्री (बोन्पो) हरुको लवालस्कर आएर बौद्धनाथ स्तुपलाई उल्टो दिशाबाट परिक्रमा गरेको दृश्यले नागरिक समाज र बौद्धनाथ एरियाका समाजसेवी सङ्घसंस्था सम्पूर्ण धर्मगुरुहरु र तामाङ जातिको नै अपमान भएको महसुस भएको छ ।
बोन्पोको काम बोन्पो (झाँक्री) को काममा नवजातिलाई अन्धविश्वासमा राखी अनैतिक काम अर्थात् कुनै व्यक्ति बिरामी भएको छ भने बोन्पो (झाँक्री) ले कुखुरा बोका र परेवा जस्ता प्राणीलाई बलि चढाएमा तिम्रो बिरामी निको हुनेछ भनी झूटो भ्रममा पारी पूजाआजा गरी अब बिरामी बिसेक हुनेछ भनी झूट बोल्ने कार्य गर्ने र आनाहकमा अबोध प्राणीहरुलाई बलि चढाई आफ्नो स्वार्थ पूर्ति गर्ने व्यक्ति बोन्पोले भगवान् बौद्धनाथ चैत्यमा उपस्थित भई प्रधानमन्त्रीको स्वागतको बहाना गरी पवित्र बौद्बनाथलाई उल्टो दिशाबाट परिक्रमा गरी बौद्ध धर्मालवम्बीहरुलाई मात्र होइन, ८० लाख तामाङ जातिहरुलाई नै अपमान गरेको तामाङ जनसमुदायलाई महसुस भएको छ ।
कसको आदेश अर्थात् यी बोन्पो (झाँक्री)हरुलाई कसको आदेशले झाँक्रीको पहिरन लगाई ढ्याङ्ग्रो बजाई बौद्धनाथभित्र प्रवेश गराए ? अर्थात् बौद्ध धर्मविरुद्धमा यस्तो कार्य गरेको व्यक्तिहरुको पहिचान गर्न जरुरी भएको तामाङ समुदायको विचार हो । अथवा कुनचाहिँ तामाङ समाजका तामाङहरु बौद्धधर्म को विरोधी हुन् उनीहरु खुलेयाम (प्रत्यक्ष) सामुन्य आएर भने हुन्छ हामी बौद्ध धर्म मान्दिनौं, मात्र बोन (झाँक्री) धर्म मान्दछौं । उनीहरु पछाडी बसेर सोझासाझा तामाङ झाँक्रीहरुलाई उक्साएर पवित्र बौद्धनाथ स्तुपभित्र छिराएर धर्मको नै अपमान गर्न छुट पाउँदैनन् । यसको तुरुन्त बौद्धनाथ क्षेत्र विकास समितिबाट खण्डन् गर्नको लागि पनि तामाङ समुदायबाट अनुरोध गर्दछु ।
अधिकार मात्र यस्तो प्रतिकारको अधिकार बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्ष मण्डलको हो भन्ने तामाङ समुदायलाई महसुस भएको छ । यसलाई ढिलो गरी होइन, छिटो सोधबुझ र खोजतलास गरी कारवाही अगाडि बढाउन जरुरी भएको छ । अब आइन्दा यस्तो गल्ती नदोहोर्याउन् भन्ने तामाङ समुदायको विचार हो ।
पवित्र बौद्ध स्तुप अर्थात् पवित्र स्थानलाई शुद्ध गर्नका लागि पनि तामाङ समुदायबाट सुझव गर्दछु ।अर्थात विश्व सम्पदाको सूचीमा सूचीकृत भएको बौद्धनाथ क्षेत्रको वरिपरिका घरहरुलाई त्यहाँबाट २० मि. अर्थात बौद्ध स्तुपको रखाबाट २० मि. परसम्मका घरहरुलाई व्यवस्थित गर्न पनि पुरातत्व विभागले बौद्धनाथ क्षेत्र विकसस समितिलाई सरकारबाट आदेश दिइ घरहरुलाई व्यवस्थित गर्न मद्धत गर्न जरुरी भएको बौद्ध धर्मावलम्बिहरुको विचार हो । किनभने बौद्ध स्तुपवरिपरि पवित्र हुनु पर्नेमा होटल व्यवसाय गर्ने र एकसे एक घरहरुको तला थप्ने कार्यहरुले गर्दा बौद्धनाथ स्तुपको लबाब दुई छेनको उद्घाटनको बेला कस्तो साँगुरो अवस्थामा धर्मावलम्बीहरुलाई सकस भएको बौद्धनाथ एरियाका जनसमुदायलाई नै महसुस भएको यादै होला । कारण स्तुपभन्दा पनि अग्ला –अग्ला घर निर्माण भएका छन् । यो राम्रो नीतिव्यवहार होइन भन्ने मनमा मनन गर्नु बौद्धनाथ स्थानमा बस्ने तामाङजन आफैंले बुझ्नुपर्ने विषय हो ।
अर्थात् भविष्यमा राम्रो धर्मको सन्देश दिँदैन कारण तपाईहरुको छोरानाति र पनातिको पनि त्यसमा अधिकार हुनेछ । त्यतिखेर कसलाई मात्र बौद्धनाथभित्र घर बिल्डिङ् दिने एक छोरालाई कि दोस्रो छोरालाई की नातिहरुलाई कसलाई दिने ? त्यस्तो अवस्था हुनेछ भने यो भाषा तपाईहरु आफैंले छिटो बुझ्नुभयो भने धेरै राम्रो हुन्छ कि भन्ने नागरिकको विचार हो । त्यो विचारलाई मनन गरेको खण्डमा बौद्धनाथ स्तुप त्यो भन्दा पनि पवित्र हुन्छ भन्ने धर्मावलम्बीहरुको विचार हो ।
त्रिरत्नको शरण गमण
कोन्छोक सम ला छ्यग छ्याल्लो ।
(लेखक बौद्ध जागरण केन्द्र तथा स्तुप फाउण्डेसन नेपालका केन्द्रीय सदस्य हुन् ।)