प्रवासी नेपाली मञ्च अमेरिकाको अध्यक्षमा प्रभु थापा

189

चैत २१,
अमेरिका । प्रवासी नेपाली मञ्च अमेरिकाको मार्च ३१ देखि अप्रिल २ सम्म बाल्टिमोर मेरिल्यान्डमा सम्पन्न दोस्रो अधिवेशनले प्रभु थापालाई अध्यक्ष पदमा चयन गरेको छ । थापाले खसेको कुल एक सय ४३ मतमध्ये ८५ मत प्राप्त गर्नुभयो भने उनले प्रतिद्वन्द्वी जनक रानाले ५६ मत प्राप्त गरेका छन् । मञ्चको वरिष्ठ उपाध्यक्षमा टेक गुरुङ, उपाध्यक्षमा यमुना भट्टराई, महासचिवमा राधाकृष्ण देउजा, उपमहासचिवमा कृष्णप्रसाद लामिछाने र कोषाध्यक्षमा हेमन्त भेटुवाल निर्वाचित भएका छन् ।
अमेरिकाको विभिन्न राज्यमा रहेका राज्य समिति अन्तर्गत आज भएको निर्वाचनमा कुल एक सय ६३ मतदाता थिए ।