Sunday, September 27, 2026
Home समाचार दिउँसै लुटपाट हुन थाल्यो सजग रहनुहोस्

दिउँसै लुटपाट हुन थाल्यो सजग रहनुहोस्

261

चैत १६, धनुषा ।
जनकपुरको व्यस्त शिव चोकस्थित एक पसलमा दिउँसै डकैती भएको छ ।
जनकपुर उपमहानगरपालिका वडा नं २ स्थित जनकपुर उद्योग वाणिज्य सङ्घको अगाडिपट्टि रहेको बिएन इम्पोरियममा दिउँसो १ बजे डकैती भएको हो । दुई जनाको समूहमा आएको युवाले बिएन इम्पोरियमका सञ्चालक विनोदप्रसाद गुप्तालाई कुटपिट गर्दै रु एक लाख ४९ हजार लुटेर लगेको दाबी गरेका छन् । कुटपिटबाट सञ्चालक गुप्तालाई गाला तथा हातमा चोट लागेको छ ।
यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मनोजकुमार यादवले सोही घटनाको आरोपमा प्रहरीले घटनास्थलबाटै दुई जनालाई पक्राउ गरेको तर चोरीको घटना नभई दुई पक्षबीचको विवादमा कुटपिट भएको दाबी गरे ।घटनास्थलबाट सीमावर्ती क्षेत्र जयनगरका अशोक गुप्ता र सत्यनारायण गुप्तालाई प्रहरीले पक्राउ गरेको हो ।