‘डिएसपी हु भन्दै ’ नक्कली डिएसपीले सुरक्षा मागेपछि

211
सांकेतिक तस्विर

चैत १४,
भक्तपुर । गत शुक्रबार आफुलाई डिएसपी हुँ भनि प्रहरीका बिभिन्न युनिट र परिसर भक्तपुरका प्रहरी नायब उपरिक्षक ( डिएसपी) कृष्ण प्रसाइसंग सुरक्षा माग भयो ।
यसरी पटक–पटक सुरक्षा आवश्यक प¥यो भन्दै ब्लक कल आएपछि प्रसाई हैरान भए । त्यसपछि प्रहरीले अनुसन्धान थाल्यो र नक्कली डिएसपी र उनका सहयोगीलाई आइतबार पक्राउ गरेको छ ।
आफुलाई प्रहरी नायव निरिक्षक हु ( डिएसपी) भनि ठगी गर्दै हिडेने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरी ईटहर्वाकट्टी घर वडा नं. ०२ घर भई हाल बालकोट बस्ने बर्ष २३ को प्रकाश कुमार सिंहलाई पक्राउ गरिएको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
सिंहसंगै हिड्ने जिल्ला ललितपुर ग्वार्को बस्ने बर्ष २८ को अरुण क्षेत्रीलाई प्रहरी विशेष निगरानीमा राखेर बा १६ च ७२०२ नं. को गाडी सहित महानगरीय प्रहरी वृत्त जगातीको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
यसैगरी प्रहरीले भक्तपुर सुर्यबिनायक नगरपालीकाजगाती स्थित बिनायक रेष्टुरेन्टमा चेकजाँच गर्दा रेष्टुरेन्टको माथिल्लो तलाको २ वटा कोठाबाट अनैतिक क्रियाकलापमा संलग्न भएको आशंकामा ३ जना महिला पक्राउ गरेको छ ।
दुइ घटनामा मै अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव निरक्षक कृष्ण प्रसाइले जानकारी दिएका छन् ।