आगलागीबाट ४ घर नष्ट

215

चैत १३, हुम्ला। जिल्लाको दक्षिणी भेगमा रहेको तागाकोट गाउँपालिका मदनाको गल्वाडामा शनिबार आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् ।
स्थानीय रामप्रसाद जैंसी, मोहनप्रसाद जैंसी, रामदल जैंसीको घर जलेर नष्ट भएको छ । खाना पकाउने क्रममा आगलागी भएको हो । प्रहरी चौकी कवाडीको टोली आइतबार बिहान घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक कमलप्रसाद नेपालले जानकारी दिए ।