‘माइती जान्छु भनि’ हिडेकी इन्द्रमाया २७ गतेदेखि बेपत्ता

922

चैत ६,
काभ्रे । गत फागुन २७ गते घरमा श्रीमानलाई ‘माइती जान्छु’ भनि हिडेकी एक महिला बेपत्ता भएकी छिन् ।
काभ्रेको तत्कालीन बनखु गाविस वडा नंं. ५ हालको महाभारत गाउँ पालिका घर भएकी ३७ वर्षकी इन्द्रमाया यसमाली मगर पारिवारी सम्पर्कमा नभएको उनका श्रीमान आशाकाजी यसमाली मगरले जानकारी दिएका छन् ।
घरबाट माइती घर्तीछाप जान्छु भनि हिडेकी उनको खोजी गर्दा कतै नभेटीएपछि परिवार जिल्ला प्रहरी कार्यालयमा खोजि गरिदिन निवेदन दर्ता गरेको आशाकाजी बताए । परिवारले कोही कसैले देखेमा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन अनुरोध गरेको छ ।