काबुल अस्पतालमा आक्रमण, ३० भन्दा बढीको मृत्यु

162

काबुल । अफगानिस्तानको सबैभन्दा ठूलो सैनिक अस्पतालमा बुधबार भएको आक्रमणमा परी ३० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । काबुलस्थित अफगान रक्षा मन्त्रालयले उक्त जानकारी दिएको छ । यस आक्रमणमा परी मारिने प्रायः डाक्टर, नर्स, बिरामीहरु परेका रक्षा मन्त्रालयका प्रवक्ता दवलत वाजिरीले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् । यस आक्रमणमा परी करिब ५० घाइते भएका छन् । उक्त आक्रमणमा परी घाइते भएकामध्ये केहीको अवस्था गम्भीर भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने चिकित्सकले बताएका छन् । एएफपी