पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना

717

फागुन २६,
भक्तपुर । भक्तपुर जिल्लाका क्रियाशिल पत्रकारहरुलाई हरेक वर्ष पत्रकारिता पुरस्कार दिने उद्देश्यले बुधबार भक्तपुरमा ‘चन्द्र गंगा क्रियाशिल पत्रकारिता पुरस्कार’ अक्षयकोष स्थापना गरिएको छ । प्रेस चौतारी नेपाल भक्तपुर जिल्ला शाखाले स्थापना गरेको पुरस्कार अक्षयकोषमा एमाले केन्द्रीय निर्वाचन विभागका सदस्य एवं अधिवक्ता राजु खड्काले हिजो रु. ५० हजारको चेक हस्तान्तरण गरेका छन् । खड्काले आफ्ना बाबुआमा चन्द्र–गंगाको नाममा स्थापना गरेको पुरस्कार अक्षयकोषका लागि उक्त रकम प्रेस चौतारी भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाई) लाई हस्तान्तरण गरेका छन् । चौतारी भक्तपुरले आफ्नो स्थापना दिवसको अवसर पारेर हरेक वर्ष साउन २१ गते जिल्लास्थित एकजना क्रियाशिल पत्रकारलाई नगद ६ हजार १ रुपैया सहित दोसल्ला ओढाएर ताम्रपत्र सहित सम्मान गरिने अध्यक्ष बजगाईले बताउनुभयो । कार्यक्रममा अक्षयकोष स्थापनामा रकम प्रदान गर्ने दाता खड्काले पुरस्कारले स्वच्छ पत्रकारिता गर्न पत्रकारहरुलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य एवं भक्तपुर ईन्चार्ज प्रकाश सिलवाल, एमाले भक्तपुर जिल्ला प्रचार विभाग प्रमुख श्यामसुन्दर बस्नेत, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष अमर भुजु, प्रेस चौतारी नेपाल भक्तपुरका उपाध्यक्ष कविता थापा, सचिव रामचन्द्र प्रजापति, रफत संचार क्लबका अध्यक्ष शुसिलबन्धु थापा, प्रेस चौतारी नेपाल भक्तपुरका सल्लाहकार शेखर चौलागाई लगायतले पुरस्कार स्थापनाले पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकारलाई उर्जा प्रदान बताए ।