मणिश्रीको प्रचारप्रसार तीव्र

1357

फागुन २६,
काठमाडौं । लायन्स क्लब अफ बालाजुले लायन्स क्लब इन्टरनेशनल डिष्ट्र्क्टि ३२५ बि १ को आगामी २०७३ साल चैत्र ५ गते काठमाण्डौमा सम्पन्न हुन गइरहेको पांचौ डिष्ट्र्क्टि कन्भेन्सन्का लागि आप्mनो उम्मेदवार घोषणा गरेको छ ।
क्लबका पूर्व अध्यक्ष तथा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ का पूर्व क्याविनेट सेक्रेटरी लायन मणि श्री रत्न बज्राचार्यलाई द्धित्तिय भाइस डिष्ट्रिक्ट गभर्नरको उम्मेदवारको रुपमा प्रस्तुत गरिरहेको हो । लायन्स क्लब अफ बालाजुले चुनावी प्रचारप्रसारलाई तिव्रता दिने क्रममा लायन लिडरहरुसंग छुट्टाछुट्टै भेठघाट तथा सामुहिक अन्तरकृया गर्ने कार्यक्रमलाई जोड दिंदै आएको छ ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ अन्तर्गतका काठमाण्डौ केन्द्रित क्लबहरुका सिनियर तथा बर्तमान लिडरहरुसंग थुप्रै पटक उम्मेदवार अन्तरकृया कार्यक्रम सम्पन्न गरिसको छ ।
गण्डकी क्षेत्रको पोखरा, गोरखा र तनहुं तथा धौलागिरी क्षेत्रको म्याग्दी, बाग्लुङ्ग र पर्वतमासमेत उम्मेदवार अन्तरकृया कार्यक्रम सम्पन्न गरिसकेको लायन्स क्लब अफ बालाजुले हालैमात्र काठमाण्डौको खुसिबुस्थित जास्मिन पार्टी प्यालेसमा एउटा बृहत अन्तरकृयामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
आयोजक लायन्स क्लब अफ बालाजुका अध्यक्ष लायन राजु खडकाको अध्यक्षता तथा स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि डिट्रिक्ट गभर्नरका उम्मेदवार तथा बर्तमान प्रथम भाइस डिष्ट्र्क्टि गभर्नर धनराज आचार्य, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरका उम्मेदवार तथा बर्तमान द्धित्तिय भाइस डिष्ट्र्क्टि गभर्नर अशोक श्रेष्ठ एवं पूर्व गभर्नरहरु भुगोल शेरचन, युक्तप्रसाद श्रेष्ठ र गौतममान श्रेष्ठलगायतले उम्मेदवार मणिश्रीलाई बिजयको शुभकामना दिएका थिए ।
द्धित्तिय भाइस डिष्ट्रिक्ट गभर्नरका उम्मेदवार मणिश्रीरत्नले आप्mनो मन्तव्य राख्ने क्रममा नेपालको लायनबादभित्र अब सुधार होइन परिवर्तन आवश्यक रहेको निष्कर्षसहित आप्mनो मुल नारा ‘परिवर्तन नै राखेको बताए ।
लायन मणिश्रीले सहभागिहरुको जिज्ञासाको जवाफ दिने क्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्र्क्टि ३२५ बि १ लाई पेपरलेस अफिसको रुपमा स्थापित गर्न यसअघि आफु क्याविनेट सेक्रेटरी हुंदा गरेको सुरुवातलाई निरन्तरता तथा त्यसमा थप उत्कृष्टता तथा आधुनिकता प्रदान गर्ने, लायनवादभित्र भर्खरै प्रवेश गरेका तथा अन्य इच्छुक लायनहरुलाई आवश्यक तालिमको लागि डिष्ट्र्क्टिमा ट्र्ेनिङ्गसेलको व्यवस्था गर्ने, डिष्ट्र्क्टिलाई ‘सूचना केन्द्र’को रुपमा बिकाश गरी आम लिडर तथा गभर्नरलाईसमेत क्लबहरुप्रति जवाफदेहि बनाउने स्पष्ट खाका पुनः प्रस्तुत गरेका थिए ।
सहभागिहरुले मणिश्रीको उम्मेदवारीबाट यसअघि कायम रहेको २÷४ जना मिलेर आम लायनहरुको भावनाविपरित जवरजस्ति रुपमा नेतृत्व थोपर्ने प्रबृत्तिको अन्त्य भै नेता बन्न इच्छुक व्यक्तिले क्लबहरु समक्ष आप्mनो योजनासहित आउनुपर्ने वाध्यता र क्लबहरुले आप्mनो. नेता आपैm छान्न पाउने स्थिति सृजना हुनाका कारण मणिश्रीजस्तो भिजनरी नेताको जित सुनिष्चित रहेको बताएका थिए ।